साझा नेटवर्क
कतार ।
विवेकशील नेपालीलाई प्रायः बैचारिक र शालिन व्यक्तिहरूको संगठनको रुपमा चिन्छन् । जब कुरा प्रवासी नेपाली श्रमजिवी मजदुर, किसानको आउँछ विवेकशील नेपाली कतार त्यही समुदायको पक्षमा उभिन्छ भन्ने विश्वास विवेकशील नेपालीलाई चिन्ने सबैले गर्दछन् ।

केही समय अघी विश्वब्यापी रूपमा कोरोना भाइरसको संक्रमण देखा परेपछी पहिलो नेतृत्वदायी कदम विवेकशील नेपाली कतारले नै चालेको थियो । कोरोनाबाट बच्नको लागी जनचेतना मूलक कार्यक्रम सहित सर्जिकल मास्क वितरण कार्यक्रम गर्दै कोरोना भाइरस के हो ? भन्ने बारे डिजीटल प्लेटफर्म मार्फत साथै प्रत्यक्ष रूपमा नेपाली दूतावासलाई पत्रचार र श्रमिकहरूलाई अवेर गरेका थियौँ ।
कतार सरकारले जारी गरेको सूचना र नियमको परिधि भित्र रही विवेकशील नेपाली कतारले सहजताको लागी हट्लाइन, अधिकारको लागी ह्युमन राईट्स र स्वस्थ्यको लागी डाक्टरहरुको टिम निर्माण गरी नेपाली श्रमिकलाई सेवा प्रदान गर्ने टिम हो विवेकशील नेपाली । अध्यक्ष चौलागाँई भन्नुहुन्छ, हामीले गर्नसक्ने र हाम्रो क्षमताले भ्याउने जति प्रयाश गरेका छौँ ।
प्रवासमा मात्र नभई स्वदेशमा पनी हामिले स्वास्थ्यकर्मीले लगाऊने पोशाक PPE निर्माण र वितरणको लागी आर्थिक सहयोग ७५ हजार गरेका छौँ । जून पोशाक विवेकशील नेपाली केन्द्रले निर्माण गरी काठमाण्डौं महानगर पालिकाको कार्यालयलाई र अस्पताललाई गरी ४२ थान वितरण भएको थियो ।
यदि थप माग र आवश्यकता परे हामी PPE उपलब्ध गर्न तयार रहेका छौँ भन्छन् अध्यक्ष चौलागाँई, विवेकशील कतारले यस्तो दर्जनौँ सामाजिक कार्य गर्दै, आएको छ । तर दोहामा सक्रिय रहेका सामाजिक संस्थाहरूले “नेपाली समुदाय भित्रको कोरोना समाधानको उपायमा मध्यस्थता खेल्नुपर्थ्यो । यस्तो अवस्थामा मौनता साध्नु आफैले गरेको सङ्कल्पको अपमान गर्नु हो ।”
सामान्य अवस्थामा जुट्न जो कूनैपनी सक्छ । तर जटिल अवस्थामा जुट्न र आवश्यक कदम उठाउने हिम्मत गर्नू सामाजिक संस्थाहरूको धर्म हो । विवेकशील नेपाली कतार आवश्यक छलफल र सम्बन्धित नेपाली निकायसंग सहकार्य गर्न र समन्वयको भूमिका निर्वाह गर्न तत्पर छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend