logo
  • मंगलबार, असोज १३ २०८३

कोरना नियन्त्रण तथा बिपत ब्याबस्थापन सम्बन्धि सर्बदलिय सर्बपक्षय बैठक रिघामा सम्पन्न

हाल सम्म २ सय जनालाई राहात वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिष पाठक,गुल्मी बैशाख ५ ।

गलकोट नगरपालिका वडा नंं. ११ रिघामा कोरना नियन्त्रण तथा बिपत ब्याबस्थापन सम्बन्धि सर्बदलिय सर्बपक्षय भेला सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा सम्पन्न भेलमा कोरोनाको रोकथाम तथा जारी लकडाउनको विषयमा समिक्षा गर्नुका साथै हालसम्म वडामा भएका कामको विषयमा वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी गराएका थिए।अबको लकडाउलाई थप प्रभावकारी बनाउने, भारत लगाएत अन्य मुलुकबाट आउनेको तथ्याङ राख्न र वडाका सिमा नाकामा कडाई गर्न स्वयंसेवक परिचालन गर्ने, छिछिम्रा प्रावि र मनेवा आधारभुत विद्यालयमागरी १० शैयाको क्वारेन्टीन निमार्ण गर्ने लगाएतका निर्णय गरिएको वडा अध्यक्ष श्रीसले बताए ।

एक टोलबाट अर्को टोलमा अत्यावश्यक काम बाहेक जान रोक लगाउने, अत्यावश्क काम परे र हिडडुल गर्ने परे वडा कार्यलयमा जानकारी गराउने, सामुहिक रुपमा भिडभाड नगर्न आग्रह गर्ने, समेत निर्णय गरिएको छ ।

२ सय जनालाई राहात वितरण

वडा कार्यलयले लकडाउनका कारण विपन्न परिवारलाई खाद्यान्न समस्या परेको भन्दै २ सय जनालाई राहात वितरण गरेको समेत सोहि अबसरमा जानकारी गराएको छ । वडा अध्यक्ष डम्बर बहादुर श्रीसले दिएको जानकारी अनुशार अहिले खास गरिब विपन्न परिवारको तथ्याङ संकलन गरि थप राहात वितरणको लागि पनि योजना बनाएको बताए। उनले राहात वितरण संगै वडामा खाद्यान्न संकट नहोस भन्नको लागि स्थानिय पसल संचालकसंग पनि समन्वय भइ रहेको जानकारी दिए ।

गाउँपालिका उपप्रमुख रेनुका काउचा, पुर्व गाविस अध्यक्ष होम बहादुर श्रीस, पुर्व गाविस उपाध्यक्ष गांगा भुजेल, विभिन्न पार्टिका प्रतिनिधि, वडा प्रतिनिधि, स्जाथ्य चौकिका प्रतिनिधिहरुको उपस्थिति रहेको भेलामा लकडाउन थप कडाई गर्न वडामा रहेका विभिन्न समुहहरुलाइ परिचालन गर्ने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend