logo
  • मंगलबार, असोज १३ २०८३

रोजगारीका लागि भारत गएका बालक सम्पर्क बिहिन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल,गुल्मी वैशाख ५ ।

रोजगारीका लागि भारत गएका गुल्मीका बालक हराएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका २ पिपलधाराका १४ बर्षिय बालक सागर परियार भारतको हरियाणा प्रान्तको फरिदाबाद सेक्टर नम्बर १८ बाट हराएको छिमेकी प्रसान्त खनालले जानकारी दिए ।घरको आर्थिक अवस्था कमजोर भएपछि उनी रोजगारीका लागि दुई महिनाअघि छिमेकीसँग भारत गएका थिए । आर्घाखाँची जिल्लाको खन दहका एकजना आफन्तसँग फरिदाबादमा बस्दै आएका परियार चैत २८ गतेदेखि सम्पर्कबिहिन भएको परिवारले जनाएको छ । छोरा हराएपछि खोजि गरी सहयोग गरिदिन परिवारले भारतमा रहनुहुने सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

कसैले फेला पारेमा भारतको लागि प्रसान्तको नम्बर ९७७५९२४७२३ अथवा नेपालको लागि बुबा जिवलाल परियारको नम्बर ९८६३१७४७२४ मा सम्पर्क गरी सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend