logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीको मदानेमा युवती मृत फेला


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी बैशाख ४ ।

गुल्मीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी काब्रा निवासी २३ वर्षिय मिना कुँवर मृत फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीका प्रहरी निरिक्षक पंकज चुँदालीले बताए ।

बुधवार दिउँसो दाउदा खोज्न घरबाट गएकी युवती घरमा नआएपछि खोज्दै जाँदा बिहिवार दिउँसो भिरबाट लडेको अबस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । युवती आफै भिरबाट लडेको वा अन्य कुनै कारण भन्ने बारे कारण नखुले प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । युवतीको शबलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइदैँछ ।

युवती सोहि स्थानकै एक युवकसँग प्रेम सम्बन्ध रहेको भन्ने बुझिना आएको मदाने गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष भिमप्रसाद भट्टराईले बताए । युवक युवती बिच मतान्तरका कारणले आत्मा गरेको या अन्य कारणले मृत्यु भएको बारे परिवारको आशंका रहेको वडा अध्यक्ष भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend