logo
  • मंगलबार, असोज १३ २०८३

काठमाण्डौमा गुल्मेलीको परोपकारी अभियान बिचल्लीमा परेकालाई घरमै सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी बैशाख ३ ।

कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण थुप्रै व्यक्ति बिचल्ली परेका खबर आइरहेका बेला काठमाण्डौमा बस्ने गुल्मेलीहरुले नयाँ अभियान सुरु गरेका छन् । यो अभियानको उदेश्य लकडाउनका कारण काठमाण्डौमा समस्यामा परेका गुल्मेलीहरुलाई सहयोग गर्ने रहेको छ । अभियानको संयोजकमा लिला खरेल रहेका छन् ।

यो बिपद्को बेला अभियानका सदस्यहरुले स्वतस्फूर्त रुपमा मानवीय सेवाका लागि सहयोग संकलन गर्ने र गुल्मीबाट काठमाडौं बसेकाहरुलाई लकडाउनको कारण पर्ने खाद्यान्न र उपचारमा सहयोग गरिने अभियानका संयोजक खरेलले बताए । अभियानका लागि गुल्मी जिल्लाका दुई सांसद तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पुर्व मन्त्री गोकर्ण विष्टले २०/२० हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।

अभियान मार्फत आजै बुद्धनगर बस्दै आएको एक परिवारलाई खाद्यान्न सहयोग गरेको अभियानका सदस्य रमेश काउछाले बताए । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ आपचौरबाट काठमाडौंमा बस्दै आएका इन्द्रप्रसाद अर्यालको ५ जनाको परिवारलाई सहयोग गरिएको हो । अभियानका संयोजक खरेल, सदस्य बिमल घिमिरे र रमेश काउछाले घरमै पुगेर एक बोरा चामल, दुई किलो दाल, एक किलो नुन र एक लिटर तेल उपलब्ध गराएका थिए । त्यस्तै काठमाण्डौमा अध्ययन गर्दै आएकी रुरु गाउँपालिका ४ की शान्ता पुरी सहयोग गरिएको छ ।

सहयोग पाएपछि इन्द्र्र्रप्रसाद अर्यालले आफुहरुलाई गुल्मेली हुनुमा थप गर्वको महसुस भएको अभियानको संजालमा जोडिएका सदस्यहरुले आफ्नो ठाउँमा समस्या परेकाहरुको को सूचना संकलन गर्ने र सहयोग गर्ने काम भइरहेको काउछाले बताए । अहिलेसम्म ४८ जना अभियानमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend