logo
  • शनिबार, साउन ३० २०८३

कविता : प्रिय नयाँ वर्ष


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रिय नयाँ बर्ष
फेरि तिमी यसपाली पनि आयौं ।
तर फरक रङ र पहिरनमा
हिजो तिमी हर्ष उल्लास लिएर आउथ्यौ ।
तर आज शोक र सन्त्रास बोकेर पो आयौ ।

प्रिय नयाँ वर्ष
तिमीलाई मैले हरेक वर्ष झैं पर्खिए
उस्तै रुप रङ र पहिरनको प्रतिक्षामा
अफसोच ! तिमी त फेरिएको रुप लिएर पो आयौं ।
खुसीको संसार लुटाएर पो आयौ
मैले सुनेको र देखेको पनि छु ।
तिम्रो भव्य स्वागतमा
भोज र पाटी हुन्थे ।
पार्क र फुलबारीमा अनेकौं घुइँचो
फोटो पोस्ट गर्नेको तछाडमछाड
अँह मैले ती कुनै तस्वीर देखिन ।
म कति हाँसिदिन्थे,
तिम्रो आगमनमा
अनेकौं नाँचो नाचिदिन्थे ,
तर म आज निशब्द छु
किनकी देश रोएको कयौं भयो ।
कोठामै थुनिएको महिनौं भयो ।
आकाशमा कालो बादलले
लागेको कहिँयौ भयो।
त म कसरी हाँसु ।

प्रिय नयाँ वर्ष
निरास चाहिँ नबन ।
बरु बदलिएर आउनेछौ ।
दुखित मनहरुमा मलम लगाउन
पापी र देश लुटदा रमाउनेहरुलाई
कडा कार्वाहीको शंख फुक्न
सन्नाटा र शोकलाई खुसीमा रुपान्तरण गर्न

प्रिय नयाँ वर्ष
सुनसान सडकमा गाडीहरू चलाउन
थुनिएका मनहरुलाई खुलाउन
रोइरहेका रोगीहरुको मुहारमा मुस्कान छाउन ।
सन्त्रास र पीडा हटाउने छौँ ।
हो ! प्रिय नयाँ वर्ष
२०७७, हामी सबैलाई
हँसाएरै छाड्ने छौँ ।

                                देवजल ठकुरी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend