logo
  • मंगलबार, असोज १३ २०८३

लक डाउनमा नयाँ वर्ष मनाउनेहरु सशस्त्र प्रहरीको फन्दामा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी बैशाख २ ।

लक डाउनको समयमा गुल्मीमा नयाँ वर्ष मनाउन पार्कमा पुगेका स्थानीयलाई सशस्त्र प्रहरीले कोरोना भाइरस सम्बन्धी सचेतना कक्षा राखेर छोडेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउन लक डाउन चलिरहेको बेला नयाँ वर्ष मनाउन पार्क पुगेकाहरुलाई सशस्त्र प्रहरी वल गुल्म गुल्मीले नियन्त्रणमा लिएको हो ।नयाँ वर्षको अबसर पारेर रेसुङ्गा नगरपालिकाको दारेढुङ्गा स्थित पिकनिक पार्कमा पुगेकाहरुलाई सशस्त्र प्रहरीको गस्ती टोलीले फेला परेको थियो । लक डाउनको समयमा अत्याबश्यक काम बाहेक घर बाहिर समेत निस्किनको निम्ति प्रतिबन्ध भएको बेला नयाँ वर्ष मनाउन पार्क पुग्नेहरुलाई नियन्त्रणमा लिएर सचेतना कक्षा राखेर छोडेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक बिनोदराज खनालले बताए ।

कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञा (कफ्र्यू) जारी समेत गरिएको छ । यस्तो अबस्थामा अत्याबश्यक काम बाहेक घर बाहिर हिडन समेत नपाइने अबस्थामा नयाँ वर्ष मनाउन पार्क पुग्नेहरुलाई प्रहरीले घर भित्रै बस्न आफनै स्वस्थ्यको लागि रहेकाले घरभित्र बस्न आग्रह गरिएको खनालले बताए ।
पार्कमा भेटिएकाहरुलाई घर भित्रसुरक्षित तरिकाले बस्न र कोरोना भाइरसबाट जोगिन संक्रमण सतर्कता अपनाउन अत्याबश्यक काम बाहेक बाहिर ननिस्कीन प्रहरी नायव उपरिक्षक खनालले आग्रह गरे । थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend