साझा नेटवर्क
अनिल खत्री,गुल्मी चैत्र २८ ।
गुल्मीको मदाने गाँउपालिका वडा नं. १ अग्लुङ्गले खाद्यान्न राहत सामाग्री वितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ तथा कोरोना भाईरसले भयावह रुप लिईरहेको अवस्थामा नेपाल सरकारले यस रोगबाट जोगिनका लागि लकडाउन गरेको ३ हप्ता सम्म ज्याला मजदूरी गरि जिविको पार्जन गर्ने परिवारलाई विहान बेलुका छाक टार्न पनि मुस्किल परेको बेला ज्याला मजदूरी गरि खाने ब्यक्तिलाई मदाने गाँउपालिका वडा नं. १ अग्लुङ्गले शुक्रवार खाद्यान्न सामाग्री वितरण गरेको हो ।
पहिलो चरणमा नेपाल सरकारले ७ दिनको लागि लकडाउनको निर्णय गरेको थियो पछि क्रमश २५ र तेश्रो पटक वैशाख ३ गते सम्म लकडाउनको घोषणा गरे पछि मदाने गाँउपालिका वडा नं. १ अग्लुङ्गले गरिब तथा अति विपन्न १२१ घर परिवारलाई राहत वितरण गरेको हो । एक परिवार बराबर ३० केजी चामल, ३ केजी दाल, २ पोका नुन, २ केजी चिनी,२ लिटर तेल र ४ वटा साबुन वितरण गरिएको मदाने गाँउपालिका वडा नं.१ अग्लुङ्गका नेपाली काङ्गेस सभापति शुसिल चन्दले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend