साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी चैत २८ ।
नेशनल प्याथ ल्याबले कोरोना परिक्षण गर्ने मेसिन उच्च क्षमताको मेसिन प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रदान गरेको छ ।
विश्व स्वास्थ्य संगठनद्धारा प्रमाणीत रियल टाइम पि.सि आर मेसिन नेशनल प्याथ ल्याबका प्रर्बन्ध निर्देशक पवन जोशीले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल मार्फत प्रयोगशालालाई प्रदान गरेका हुन् । हाल संचालनमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रत्येक दिन १० देखि १५ वटा मात्र कोरोना परिक्षण हुदै आएको छ । अब यो मेसिन मार्फत प्रत्येक दिन दुई सय ५० वटा सम्म कोरोना परिक्षण गर्न सकिने नेशनल प्याथ ल्याबका प्रबन्र्ध निर्देशक जोशीले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ बर्गमा सुचिकृत नेशनल प्याथ ल्याबसंग कोरोना परिक्षण गर्ने सम्पूर्ण आवश्यक मेसिन, जनशक्ति र उपकरणहरु उपलब्ध छन् । तर कोरोना परिक्षणको लागि निजि प्रयोगशालाहरुलाई अनुमति नभएकाले आफुहरुसंग भएको ४० लाख बराबरको मेसिन सहयोग गरेको जोशीले बताए । सामाजिक विकास मन्त्री सुर्दशन बरालले छोटो समयमा धेरैभन्दा धेरै परिक्षण गर्न सकिने यो मेसिन प्रदान गर्ने मेसिन प्रदान गर्ने नेशनल प्याथ ल्याबलाई आभार प्रकट गरे ।
उनले सवैको सहयोग र समन्वयले मात्रै बिपद्को सामना गर्न सकिने भएकाले नेशनल प्याथ ल्यावले सामाजिक भावना देखाएको बताए । विषम परिस्थितिमा महामारी नियन्त्रण गर्नु सबै निजी तथा सरकारी सस्थाहरुको साझा दायित्व भएकाले सरकारले आवश्यक ठानेको अवस्थामा कोरोना नियन्त्रण अभियानमा थप सहकार्य गरेर लगाडी बढ्न आफुहरु तयार रहेको नेशनल प्याथ ल्याब गुल्मीमा प्रर्वन्ध निर्देशक होम बहादुर पल्लीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend