logo
  • मंगलबार, असोज १३ २०८३

बावुको हत्या आरोपमा छोरा पक्राउ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी चैत २८ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले बाबुको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । इस्मा गाउँपालिका २ हस्तिचौर पालुखाका ४६ बर्षीय टेक बहादुर कुमालको हत्या गरेको आरोपमा २९ बर्षीय अर्जुन कुमाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

पक्राउ परेका छोरा सुस्तमनस्थिति भएका छन् । बिहिबार राती बाबु–छोरा झगडा गरेका थिए । सोहि क्रममा छोराको कुटपीटबाट घाइते भएका बाबुलाई आमाले घरमा ल्याएर सुताएकी थिइन् । शुक्रबार बिहान एक्कासी उल्टी भएर मृत्यु भएको इस्मा गाउँपालिका २ का वडाध्यक्ष टीका बहादुर रेश्मीले बताए । प्रहरीको अगाडी छोराले बाबुलाई कुटपीट गरेको स्विकार गरेको रेश्मीले बताए ।

प्रहरी निरिक्षक चुरामणी पुनले शब पोष्टमार्टम र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend