logo
  • शनिबार, भाद्र २० २०८३

दुःख र पिडामा महलम बन्यो मोना कतार


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
मोना कतारले कोरोना तथा कुनै पनि कारणले कतारमा बिचल्लिमा परेका जो कोही म्याग्देलिलाई सहयोग गर्न तत्पर रहेको सुचना प्रकासित गरेको २४ घन्टा नबित्दै मंगला गाउपालिका ३ खानीगॉउका हर्क बहादुर दमाई सम्पर्कमा आएका छन । गत साल कतार आएका दमाई खाद्दान्न संकटमा रहेको भनि संस्थाको बेनी नगरपालिकाको ग्रुप च्याटमा याम रामदामले जानकारी गराए लगत्तै संस्थाका अध्यक्षले सम्पर्क गरी समस्याका बारेमा सोधपुछ गरेका थिए ।

लगत्तै संस्थाका तर्फबाट उनलाई भेट गर्न पुगेका अध्यक्ष तिलु शर्मा पौडेल, सचिव देविदत्त कंडेलसंग उनले कम्पनिबाट क्यानसिल जाने तयारीमा लागेको बेला कोरोनाका कारण नेपाल र कतारले अन्तराष्ट्रिय उडानमा रोक लगाएपछि समस्यामा परेको जानकारी दिए । “कम्पनिले टिकट पनी दिएको छ, एयरपोर्ट गएर फर्किए, बस्न दिए पनी खाना नदिएको हुदॉ समस्या उत्पन्न भएको उनले बताए । ट्राभलले दिएको भौचर देखाउदै उनले अन्तराष्ट्रिय उडान खुले पछी अफिस आउन भनेको बताएको अध्यक्ष पौडेलले जानकारी दिए ।

पिडितलाई मोना कतारको तर्फबाट एक महिना पुग्ने गरी खाद्दान सहित नगद सहयोग गरेको छ । सहयोग ग्रहण गर्दै हर्क बहादुरले संस्थालाई धन्यबाद दिदै प्रवासमा आफ्नो भनेको संस्था नै हुदो रहेछ भनि प्रष्ट बुझेको बताए ।

मोना कतारले विश्वव्यापी रूपमा महामारीको रूपमा दिन प्रतिदिन फैलिँदै गइरहेको कोरोना भाइरसबाट कतारमा रहनुभएका सम्पूर्ण म्याग्देली समुदायलाई उच्च मनोबल र आत्मविश्वास साथ सतर्क र सुरक्षित रहन आह्वान समेत गरेको छ । यस्का साथै कतारमा रहेका कोही पनि म्याग्देली श्रमिकहरूमा खानपिनको समस्या परेको भए वा सो सम्बन्धी कसैलाई जानकारी भए मोना कतार हरदम र सम्भव भए जति सहयोग गर्न तत्पर रहेको जानकारी दिएको छ ।

सहयोगको आवश्यकता परेमा वा कसैले यस दैविक आपत्तिको बेलामा स्वतःस्फूर्त सहयोग गर्न चाहनुभएमा मोना कतारको सचिवालयमा सम्पर्क गरी सहयोग लिन र दिन सकिने र सो को लागि अध्यक्ष तिलु शर्मा पौडेल (५५३४७९५७ ) महासचिव थम कुमार गिरी (६६९८००३६) र सचिव देवीदत्त कँडेल (६६४६३२१७ ) लगायतका पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend