logo
  • मंगलबार, असोज १३ २०८३

भारतमा कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सकको मृत्‍यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

नयाँदिल्ली ।
भारतमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला मध्यप्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ ।

६२ वर्षीय चिकित्सक सत्रुघन पञ्जवानीको मृत्यु भएको हो । कोरोना संक्रमितको उपचारमा खटिने क्रममा मृत्यु हुने सत्रुघन पहिलो भारतीय चिकित्सक रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतमा यसअघि अन्य चिकित्सक र नर्सहरु पनि कोरोना संक्रमित भइसकेका छन् ।

भारतमा संक्रमितको संख्या ५ हजार ७ सय भन्दा धेरै पुगिसकेको छ भने १ सय ६६ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी साताबाट सकिने लकडाउनलाई फेरी बढाउने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend