logo
  • मंगलबार, असोज १३ २०८३

मदानेकी कार्यपालिका सदस्यद्धारा सावुन वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी चैत २७ ।

मदाने गाउँपालिकाको कार्यपालिका सदस्य शोभा भट्टराईले घर–घरमा सावुन वितरण अभियान थालेकी छन् ।कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न घर–घरमा पुगेर हात धुन सिकाउँदै सावुन बितरण गरेकी हुन् । अरु बेलाभन्दा अहिले पटक–पटक सावुन पानीले हात धुन पर्ने भएकाले व्यक्तिगत रुपमा सावुन खरिद गरेर वितरण गरेको मदाने गाउँपालिका ४ म्यालपोखरी निवासी शोभा भट्टराइले बताइन् । ‘गाउँमा अझै पनि सरसफाईको बिषय कैयन परिवार सचेत छैनन,’ उनले भनिन,‘यो काम सवैले आफै गर्नुपर्छ ।’मदाने गाउँपालिका वडा नं ४ म्यालपोखरीका वडाध्यक्ष भिमप्रसाद भट्टराइले म्यालपोखरीका करिव छ सय घर परिवारकोमा पुगेर जनप्रतिनिधी, महिला स्वयसेविकाहरुले हात धुने सिकाउने कार्यपालिका सदस्य भट्टराइले सावुन वितरण गर्ने गरेको बताए । यो काम उदाहरण मात्रै भएकाले व्यक्तिगत सरसफाई परिवार आफैले गर्नुपर्नेमा भट्टराइले जोड दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend