logo
  • मंगलबार, असोज १३ २०८३

बडिगाड गाउँपालिकामा राहतकोष निर्माण, स्वच्छिक सहयोग गर्न अपिल


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ चैत्र २७ ।
बडिगाड गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ वाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत प्रदान गरि उद्धार गर्ने उद्धेश्यले प्रकोप व्यावस्थापन कोष खडा गरेको र गाउँपालिकाले सो कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ।

गाउँकार्यपालिकाको तर्फवाट स्वास्थ्य विमामा खर्च गर्ने गरि विनियोजन गरेको रकम मध्यवाट ९ लाख सो कोषमा छुट्याउने निर्णय भएको र प्रदेश सरकारबाट प्राप्त अनुदान ५ लाख गरि १४ लाखको कोष तयार भएको सुचना अधिकारी थम्मन रेश्मीले जानकारी दिनुभएको छ।

गाउँपालिकाले सो कोषमा सहयोग गर्न जनप्रतिनिधि, उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी, राजनैतिक दल, सामाजिक संघ÷संस्था तथा सहयोगीहरुलाई अनुरोध समेत गरेको छ।

सहयोगको लागी अनुरोध जारी गर्दै गाउँपालिकाले सहयोग रकम प्रभु बैंकको बडिगाड शाखामा भएको खाता नं. १६८००२०११५८०४७०००००६ मा जम्मा गर्न आग्रह गरेको छ। पालिकाले राहत वितरण लगाएतको विषयमा छलफल गर्न शुक्रवार सर्वदलिय सर्वपक्षिय बैठक आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend