logo
  • मंगलबार, असोज १३ २०८३

इस्मामा बाहिरबाट कोहि आए सिधै क्वारेन्टाइनमा,आजै ९ जना क्वारेन्टानमा राखियो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल,गुल्मी चैत २६ ।

इस्मा गाउँपालिकाले लक डाउनलाई थप कडाई गर्दै गएको छ । अब इस्मामा बाहिरबाट कोहि आए सिधै क्वारेन्टाइनमा राखिने छ ।इस्माको प्रमुख नाका छल्दी पनाहमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्स राखिएको छ । बुधबार बुटवल हुँदै आएका चार महिला र पाँच पुरुषलाई हेल्थ हेक्सबाट क्वारेन्टाइनमा राखिएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । खत्रीका अनुसार नौ जनानै इस्मा गाउँपालिका २ हस्तिचौरका हुन् । उनीहरुले वुटवलमा काम गर्ने बताए पनि भारतबाट आएको हुनसक्ने आशंका गरिएको खत्रीले बताइन् । स्वदेश वा प्रदेश जहाँबाट आए पनि अब क्वारेन्टाइनमा बस्नुको बिकल्प नभएकाले बताउँदै पालुखा माविमा १० वेडको क्वारेन्टाइन निर्माण गरेर तिनीहरुलाई व्यावस्थापन गरिएको उपप्रमुख खत्रीले बताइन् ।उनले अहिले पनि लुकेर मानिसहरु गाउँ छिरेकाले क्वारेन्टाइनको क्षमता बढाएर छल्दी पनाहमै राखिने बताइन् । अहिलेको निर्माण गरिएको साथै क्षमता बिस्तार गरिने क्वारेन्टानको व्यावस्थापन गर्न वडाध्यक्ष टीका बहादुर रेश्मीको संयोजकत्वमा व्यावस्थापन समिति गठन गरिएको छ । समितिमा स्थानीय राजनैतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत छन् ।समितिले अब नाकामा चेकजाँच कडा पार्ने, बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र उनीहरुको खानपान तथा स्वास्थ्य परिक्षणको व्यावस्था मिलाउने वडाध्यक्ष रेश्मीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend