logo
  • मंगलबार, असोज १३ २०८३

वामीटक्सार स्वास्थ्य चौकीले सञ्चार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, गुल्मी चैत्र २४ ।
मुसिकोट नगरपालिकाको वामीटक्सार स्वास्थ्य चौकीले विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य चौकीले वर्तमान अवस्थामा सेवालाई थप परिस्कृत गर्दै अहोरात्र सेवामा खटिरहेका स्वास्थ्यकर्मिहरुको मनोवल घटाउने हिसावले समचार आउनु दुःखद् भएको समेत बताएको छ ।

कोरोना भाइरस (कोभिड १९) को कारण देश नै लकडाउनमा भएको समयमा आवश्यक स्वास्थ्य सुरक्षाको सामाग्रि अभावमा समेत स्वास्थ्य संस्थाले गर्नुपर्ने काम इमान्दारी पूर्वक गरिरहेको जानकारी गराउँदै विज्ञप्तीमा सञ्चार माध्यममा आएको समाचारमा भनिय जस्तो सुत्केरी नगराइएको भन्ने खवर भ्रमपूर्ण रहेको र यस लकडाउनपछि मात्रै पनि २ वटा डेलिभरी स्वास्थ्य चौकीमा गरिएको जानकारी समेत गराइएको छ।

स्वास्थ्य चौकी प्रमुख त्रिविक्रम केसिद्धारा हस्ताक्षरीत विज्ञप्तीमा बैदेशिक रोजगारीवाट घर फर्किएका र क्वारेन्टाइन समय नपुगेका परिवार जोखिममा रहनसक्ने भएकोले परिवार सँगकै सल्लाहमा थप जोखिम नहोस् भन्नको लागि समाचारमा उल्लेखित सेवाग्राहिलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको बताइएको छ।

विज्ञप्तीमा स्वास्थ्य संस्थाले कुनै नियत, बाहान नभएर परिवार संगकै सल्लाहमा थप जोखिमबाट बच्चा, आमालाई बचाउन उचित समयमा उपयुक्त निर्णय गरिएको जानकारी गराउँदै, सामाजिक संजाल तथा विभिन्न सञ्चार माध्यममा आएको खवरवाट विचलित नहुन आम सेवाग्राहीलाई अनुरोध गरेको छ।

स्वास्थ्य चौकीले निरन्तर स्वास्थ्य सेवा दिइरहेको जानकारी गराउँदै, सञ्चार माध्यमले सुचनालाई प्रमाणिकरण गरेर प्रशारण गरिदिन आग्रह समेत गरेको छ। यस अघि स्वास्थ्यचौकीले प्रसुति गराउने महिलालाई जाँच नगरी अन्तै पठाएको भन्ने आरोप सहित समाचार प्रकाशित भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend