साझा नेटवर्क
रमेश गिरि,प्यूठान चैत २५ ।
अन्नपूर्ण ईनर्जी कम्पनीका अध्यक्ष तथा नेपाल स्काउटका पुर्व आयुक्त रामप्रसाद आचार्यद्धारा प्युठान नगरपालिकाकाे लागि २० थान पि.पि.ई उपलब्ध गराउनु भएकाे छ ।
पि.पि.ई नहुदाँ प्युठान जिल्लाका विरामी बाेक्ने एम्बुलेन्स चालकहरू असुरक्षित भएकाे भन्दै विरामी बाेक्न नमान्ने अवस्था अाएकाेले ती पि.पि.ई लाई प्युठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले समस्या समाधान गर्न एम्बुलेन्स चालकहरूलाई पि. पि.ई वितरण गर्नु भएकाे छ । यसका साथै अन्नपूर्ण ईनर्जीका अध्यक्ष अाचार्यले १०,००० थान सर्जिकल माक्स र ३०० थान सेन्टेराईजर पनि उपलब्ध गराउनु भएकाे छ । काेराेना भारईरसकाे जाेखिममा परेका एम्बुलेन्स चालकहरू यस कार्य प्रति खुसी व्यक्त गरेका छन ।
काेराेना भाईरस विरूद्धकाे अभियानमा महत्त्वपूर्ण सहयाेग गरेकामा रामप्रसाद अाचार्यलाई सबैकाे धन्यवादकाे पात्र बन्नु भएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend