logo
  • मंगलबार, असोज १३ २०८३

बडिगाडमा रुखबाट लडेर एक जाना घाइते, थप उपचारका लागि पाल्पा पठाइयो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिष पाठक, वाग्लुङ्ग चैत्र २४ ।
बडिगाड गाँउपालिका वडा नं. २ दनियामा रुखबाट लडेर एक जना घाइते भएका छन । सोमबार दिउसो बाख्र्रा चराउने र अचारकालागि कौरालको फुट टिप्ने क्रममा बडिगाड २ को कोल भन्ने स्थानमा ३४ वर्षिय खिम बहादुर राना लडेका हुन । रुखबाट लडेका उनि सोहि स्थानमा बेहोस भएको र होस खुलेपछी करिब साढे ४ बजेको समयमा आफै घर आएको पारिवारीक स्रोतले जनाएको छ ।

बाहिरी चोट खासै नदेखिएता पनि भित्रि चोट बढी देखिएपछि वडा अध्यक्ष ढाल प्रसाद शेरचनकाको पहलमा एम्बुलेन्स झिकाइ थप उपचारकोलागि करिब साढे ८ बजे पाल्पा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend