logo
  • शुक्रबार, असोज ९ २०८३

लघुकथा : दोधारे मन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-शान्तिदिप रायमाझी ।
दुई पटक ढोकाको घण्टी बज्यो । मैले नसुने झै गरें । बाहिर हल्का हल्ला थियो। झ्यालको पर्दाको सानो चरबाट हेरें ४/५ जना मानिस बाहिर आएका थिए। केहि महिला र केहि पुरुष । एक पुरुषले केहि टिप्नलाई कापी र कलम बोकिरहेको थिए।

घर भाडामा बस्नेहरुको तथ्यांक संकलन होला भन्थानेर मैले माथिबाटै झ्यालको सिसा खोलेर के होला भनेर सोधें। राहतको लागि नाम टिपाउन भनेर मेरो नाम सोधेका रहेछन् । ललितपुर महानगरपालिकाबाट आएका हुन कि झै लाग्यो। “के पाइन्छ र ?” मैले सोधें। “अब सरकारले जे दिन्छ, त्यहि पाइन्छ” उत्तर आयो ।

एक मनले सोचें एक महिनालाई पुग्ने दाल चामल त मसँग पहिले नै छ अरु नि ४/५ केजी फ्रीको थपुँकी क्यो हो !!! तर मनको एक कुनामा अहिले नै आफु राहत पाउने त्यो क्याटेगोरीमा पर्छु जस्तो लागेन् । नाम नलेख्ने भो भनिदिएँ।

साेचें एक महिना पछि खाद्यान्न पाईन्छ कि नाई होला ?? त्यतिखेर बाहिर नपाइने, यता कोठामा खाद्यान्न भ्याइने त हुने होइन होला नि है ?? यो कार्यक्रम पछिसम्म त जाला नि है । सोचिरहें । कतै आज म ठुलो त पल्टिन् ??

 

शान्तिदिप रायमाझी
हाल : काठमाडौ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend