logo
  • मंगलबार, असोज १३ २०८३

प्युठानको गौमुखी गाउँपालिकाले ७ वटै वडाबाट राहत वितरण सुरु गर्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

जोगिन्द्र मल्ल, प्युठान चैत्र २४ ।
बिश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको र नेपालमा लकडाउन गरेको २ हप्ता बितिससक्दा संक्रमणको संख्या वृद्धि हुन थाले पछी बैशाख ३ गते सम्मका लागी नेपाल सरकारले लकडाउनको समय अबधि लम्बाएको छ ।

यता गौमुखी गाउँपालिका प्युठानले दैनिक ज्याला मजदुर गरि जिबन यापन गर्न कठिन भएका बिपन्न श्रमिक बर्गको लागि ७ वटै वडाबाट राहत बितरण सुरु गरेको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले बताउनु भयो । राहत बितरणमा लकडाउनको अबधीमा जिबन गुजाराका लागी आबस्यक दैनिक उपभोग्य खाद्यान्न चामल ,दाल ,तेल ,नुन ,चिनि र साबुन बितरण गरेको छ।

राहत लिन आएका गौमुखी गाउँपालिका ५ खुङका सिता सुनार भन्छिन एक रोपनी जग्गा पनि छैन। दैनिक अरुको निमेक गरेर खानु पर्छ। तेस्तै बिष्णु कुमारी सुनार आफ्नो श्रीमान बिदेश गएको आठ महिना बितिसक्दा पनि सम्पर्क बिहिन भएको र अरुको काम गर्दा दिन भरीको २५० रुपैयाँ लिएको ज्यालाले आफु र छोरा छोरीलाई बिहान बेलुकी छाक तार्न मुस्किल भएको गुनासो पोखिन।

लामो समय लकडाउनको अबस्था बढने र गौमुखी गाउँपालिकामा खाद्यान्न संकेट पर्ने हुदा स्थानीय स्तरमा उत्पादित बैकल्पिक खाद्यान्न कोदो, मकै,गहुँ लगाएतका अन्नलाई मदिरा उत्पादन नगर्न अनुरोध गरेको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend