logo
  • मंगलबार, असोज १३ २०८३

मुसिकोटमा विहानी युवा क्लब द्धारा लकडाउनको कडाईका साथ पालना गराईने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सूर्य सुनार,गुल्मी चैत्र २४ ।

विहानी युवा क्लब द्धारा कोरोना भाइरस तथा कोभिड १९ बाट जोगिनका लागि थप सतर्कता स्वरुप वडा कार्यालयको समन्वयमा क्लबले लकडाउनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको क्लबले नगर तथा वडा बाट वितरण गरिने राहत लाई थप व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको क्लबका अध्यक्ष प्रेम जि.सीले बताउनुभयो ।मुसिकोट नगरपालिकाको वडा नम्बर ३ मा वडा कार्यालय संग समन्यव गरि बजारमा किन बेच गर्ने पसलहरु लाई पनि हत्ताको शुक्रबार र सोमबार गरि २ पटक खाद्ययन्न तथा दुध , तरकारी ,र फलफुललाई सञ्चालन गर्ने निणर्य भएको क्लबका अध्यक्ष जिसीले बताउनुभयो । हामीले नेपाल सरकारले गरेको लकडाउन लाई थप प्रभावकारी बनाउनका लागि क्लबका सदस्यहरु लाई स्वयंमसेवक बनाएर गाउँघरमा उनीहरु लाई निगरानी गर्न लगाइएको क्लबका सदस्य पशुपति विश्वकर्माले जानकारी दिनुभयो । क्लबले स्वयमसेवक लाई सामाजिक कार्यमा सक्रिय भई लागेकोमा उनीहरु २४ घण्टा नै खटिने भएकाले सामान्य नास्ताको व्यवस्था गरेको क्लबका सदस्य पशुपति विश्वकर्माले बताउनुभयो ।
उनीहरुले स्वयंमसेवकले समाजमा उदारणीय काम गरेको क्लबका सदस्य विश्वकर्माले बताउनुभयो । कोरोना भाइरस तथा कोभिड १९ सम्बन्धि बजारमा पोष्ट्रर बनाएर सुचना गरेको , बजार क्षेत्रमा प्रवेश गर्ने सम्पुर्ण नाकामा स्वयंमसेवक लाई विशेष निगरानी बढाउने र कोरोना भाइरस सम्बन्धी स्वंयमसेवक मार्फत बजार तथा गाउँमा जनचेतना दिन क्लबका सदस्य लाई खटाइएको क्लबका अध्यक्ष जिसीले बताउनुभयो । यस रोग बाट जोगिनका लागि नियमित रुपमा सरसफाई गर्ने र लकडाउनको सही पालना गर्ने जिसीले आग्रह गनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend