logo
  • मंगलबार, असोज १३ २०८३

मुसिकोट वडा नम्बर ३ मा अति विपन्न परिवारलाई राहत वितरण कार्य सुरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सूर्य सुनार,गुल्मी चैत्र २४ ।

विश्वव्यापी रुपमा फौलिएको कोभिड १९ तथा कोरोना भाइरसले भयावक रुप लिएको अवस्थामा नेपाल सरकारले पनि यस रोग बाट जोगिनका लागि लकडाउन गरेको २ हत्ता भयो ।यस समयमा ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने व्यक्तिको लागि विहान बेलुका छाक टार्ने मुस्किल परेको समयमा ज्याला मजदुरी गरि खाने व्यक्तिलाई मुसिकोट नगर वडा नम्बर ३ का अति विपन्न परिवारलाई खाद्ययन्न स्वरुप २५ किलो चामल , २ किलो दाल , १ लिटर तेल , १ किलो नुन र २ वटा साबुन वितरण गरेको छ । आज बिशेष गरि वडाको साविकको वडा नम्बर ७ को चौरामा , वडा नम्बर ५ को सिनपुपलिमा र जलुकिमा खाद्ययन्न वितरण गरिएको वडाध्यक्ष कर्णध्वज जि. सीले जानकारी दिनुभयो । वडा कार्यालयमा अति विपन्न परिवार संख्या २३६ जनाको तथ्याङ्क संकलन भए पनि तर आज ८२ जनालाई खाद्ययन्न वितरण गरिएको नगर कार्यपालिका सदस्य सरस्वति घिमिरेले बताउनुभयो ।

बाँकी रहेका परिवारलाई चैत्र २७ गते वितरण गरिने बताउनुभयो । बजारमा खाद्ययन्नको अभाव भएकाले हामीले मगाएका छौ । खाद्ययन्न आएपछी उनीहरुलाई वितरण गरिने वडा सदस्य शंकर रायमाझीले बताउनुभयो । साथै विश्व लाई नै आतकित भएको समयमा खाद्ययन्न पाउने परिवार लाई अनाआवश्यक काम घरबाट बाहिर ननिस्कन तथा लकडाउनको सही पालना गर्ने र सरसफाई लाई विशेष ख्याल गर्ने वडाध्यक्ष जिसीले आग्रह गनुभयो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend