साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी चैत २४ ।
नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेपछि उद्धार गरेकी गर्भवतीलाई क्वारेन्टाइनमा सारिएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–२ की २३ बर्षीया भगवती परियार चार दिन सीमा क्षेत्रमा अलपत्र परेकी थिइन् ।
उनलाई रुपन्देही प्रशासनले उद्धार गरेर चैत २१ गते रेसुङ्गा नगरपालिकालाई बुझायो । रेसुङ्गा नगरपालिकाले अन्तिम महिनाको गर्भवती र चार दिनसम्म अलपत्र परेका कारण स्वास्थ्य अवस्थालाई ध्यान दिएर दुई दिन आइसोलेसनमा राखिएको थियो । अहिले सवै स्वास्थ्य परिक्षण गरेर उपल्लो तम्घासको आइसोलेसनबाट महेन्द्र मावि क्वारेन्टाइन सारिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । गर्भवती परियारको कोखमा २० महिनाका छोरा निशान छन् । भने श्रीमान सुनिल परियार पनि संगै आएका थिए । अहिले तीन जनालाईनै क्वारेन्टाइनमा राखिएको छ ।
भारतको गाजीयावादबाट आएकी परियार बेलहिया नाकामा अलपत्र परेपछि ती महिलालाई नौतनवास्थित मोर्डन कलेजको क्वारेन्टाइनमा राखिएको थियो । दैनिक अवस्था कम्जोर भएपछि स्थानीयले खबर गरेपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा उद्धार गरेको बेलहिया प्रहरी कार्यालयका प्रहरी निरिक्षक ईश्वर अधिकारीले बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पहिला सुरक्षाकर्मीले स्थलगत अवलोकन गरेपछि एम्बुलेन्स पठाएर परिवारसहित उद्धार गरेर जिल्ला पठाएको जानकारी दिए । भगवतिका श्रीमान सुनिलले गाजियावादको एक बिद्यालयमा बस चलाउँछन् । अनिश्चितकालका लागि बिद्यालय बन्द भएको र स्थानीय अस्पतालहरुले समेत श्रीमतिको चेकजाच नगरेका कारण बाध्य भएर नेपाल आएको पति सुनिर परियारले बताए ।
उद्धार गरेर चैत २१ गते बेलहिया आएका परियार दम्पति र बालकलाई रेसुङ्गा नगरपालिकाले एम्बुलेन्स खर्चसमेत आफुले व्यहोर्ने गरी गुल्मी ल्याएको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले उनको स्वास्थ जाँचसंगै सवै किसिमको प्रवन्र्ध मिलाएर कम्तीमा १४ सवै परिवारलाई क्वारेन्टाइनमा राखिने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend