logo
  • मंगलबार, असोज १३ २०८३

अर्घाखाँची अर्घामा अत्याधिक रक्त श्रावबाट एक युवतीकाे मृत्युु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सांकेतिक तस्विर

सांकेतिक तस्विर

साझा नेटवर्क संवाददाता

अर्घाखाँची,चैत्र २४ गते । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ९ पाथ्रावाङ्ग अर्घा निवासि २९ बर्षिय देवी बिक काे अत्याधिक रक्त श्रावका कारण सोमबार साँझ मृत्युु भएकाे छ ।
गर्व अवस्थामा रहेकि उनी उपचारकाे निम्ति अर्घाखाँची अस्पताल ल्याउदै गर्दा बाटाे मै उनकाे मृत्युु भएको हाे ।

देवीका श्रीमान कमल बिक राेजगारिका निम्ति भारतमा रहेका छन् भने उनकाे साथमा तीन वटि छाेरि थिए । अहिले उनी गर्व अवस्थामा रहेकाे र याे भन्दा करिव २ महिना पहिले पनि सामान्य रक्त श्राव भई जिल्ला अस्पतालमा उपचार बाट निकाे भएर फर्किएकाे उनका अाफन्तले जानकारी दिए ।

सोमबार साझ चैत २३ गते करिव ६:०० बजे बाट एक्कासि बिरामि भई रक्त श्राव भएकाे कारणले छिमेकिहरु जम्मा भएर गाडि बाेलाई तत्काल अस्पताल पठाईएकाे स्थानीय बसन्त बिकले बताउनु भयाे ।

अस्पताल पुराउँदा उनकाे मृत्युु बाटाेमा नै भईसकेकाे अर्घाखाँची अस्पताल प्रमुख डा.काेपिल गाैतमले बताउनु भयाे । एकदम छाेटाे समयमा धेरै भन्दा धेरै रक्तश्राव भई निधन हुन पुगेकाे उहाँले बताउनु भयाे । मृत अबस्थामा नै हामिले उहाँलाई भेट्यौं केही गर्न सक्ने कुरै भएन डा. गाैतमले भन्नू भयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend