logo
  • शुक्रबार, असोज ९ २०८३

” विपत्तिले बाजा बजायो है “


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

– सबिन बस्नेत,गुल्मी । 

हिजोसम्म हल्काफुल्का रुपमा लिएको कोरोना भाइरसले आज एकाएक दोस्रो चरण प्रबेश गरेको खबर आउदा धेरै नेपाली झस्किन पुगेका छन ।आज बिहानै कैलाली र कन्चनपुरबाट एकाएक तिन वटा कोरोना पोजिटिभको केसहरु बाहिर आए ।स्वास्थ्य मन्त्रालयले समेत यसको पुष्टी गरेसंगै आठ जना कोरोना भाइरसबाट प्रभावित भएकोमा दुइ जना निको भइ घर गएको देखिन्छ ।

दुबइ ,कतार, जर्मनी, फ्रान्सबाट आएकामा यो कोरोना संक्रमण हुने गरेकोमा यि तिनवटा केसमा तिन पक्ष रहेको अनुमान छ । एउटा केसमा परिबारको एकजना सदस्यबाट अरु सदस्यमा सरेको छ,अर्को केसमा भारतका शहरबाट घर फर्किएका नेपालीमा पनि देखिएको छ भने  तेस्रो केसमा सो ब्यक्ती सिमामा स्थापित क्वारेन्टाइनमा एक हजार मानिसहरुसंग बसेको हल्ला समेत छ ।यि सबै घटना क्रमलाइ बिश्लेषण गर्दा नेपालमा कोरोना संगै अन्य बिपत्तिले बाजा बजाउन शुरु गरेको त होइन भन्ने अडकलबाजी छ ।

रेमिटान्समा धानिएको मुलुक नेपालमा एकातिर शैक्षिक बेरोजगारी दिनहुँ  बढिरहेको छ भने अर्कोतर्फ कृषिमा निर्भर जनशक्ती बैदेशिक रोजगारिमा पलायन भएको थियो ।त्यस्तै म शैक्षिक बेरोजगार  नेपाली नै भन्छु , पढ्ने बहानामा,जिबिकाबाट सन्तुष्ट नभएर,राजनितिक अस्थिरतालाइ देखाएर,देखासिकी गरेर,अर्काको प्रलोभनमा परेर,समाजमा प्रतिष्ठा प्रर्दशन गर्न र आकर्षणका कारण बिकसित मुलुक छिरेका छन ।आजसम्म जसोतसो त्यहांं बसिरहेका भएनी धेरैजसो अब त्यहां रहनसक्ने स्थितिमा छैन्न ।अब देखिने आर्थिक मन्दिले यि देशहरुलाइ आफ्नै नागरिकको रोजगारीको प्रत्याभुती गर्न मुस्किल पर्नेछ ।नेपालिहरु कमै मात्र राम्रो स्थितिमा रहेका र व्यावसायिक अनुभब बटुलेर बसेका छन ।तसर्थ नेपाल फर्किएर आएपनी आफ्नै किसिमले स्थापित हुन्छन जस्तो यो स्तम्भकारलाइ लागेको छैन ।

भारत लगायत खाडिमुलुकमा पलायन नेपाली दाजुभाइ,दिदिबहिनिको शुद्ध कमाइ नेपालमा रहेका आश्रीत परिबारलाइ पाल्दा ठिकै भएजस्तो लाग्छ । एकातिर महङ्गो मोबाइल,टिभी,बाइक,गाडी,घरजग्गा खरिदमा बढि खर्च भयो भने अर्कोतर्फ दुइछाक मिठोमसिनो खाने हैसियतमा परिबारलाइ राख्न मद्द्त पुग्यो ।धेरै परिबारलाइ भिन्न पार्यो,चार वटासम्म चुला बाल्ने बनायो,बिनाकारण गाउँबाट शहर लखेट्यो ।मोजमस्ती,सामाजिक बिकृती,परिबार बिघटन र सास्कृतिक बिचलन सबै ल्यायो । संक्षेपमा राम्रो भन्दा नराम्रो नै बढी गरेको देखिन्छ ।एकातिर आधुनिक चौतारो होटल र संजालमा बसेर सराप्न सिकायो भने अर्कोतिर सपनाको खेती मात्रै  गर्न सिकायो ।

यहि रेमिटान्समा यति आश्रीत भयौ कि महिना दिन नबित्दै एटीएम चहार्ने बानी लाग्यो ।आफ्नो मान्छेलाइ मेशिन ठान्यौ ।खेतबारी तिर होइन आंखा ब्यापारिक मल र बिदेशी पिज्जा र बर्गरमा लगायौ ।मकै र कोदोको रोटि,सातु ,गुन्द्रुक र ढिडो चटक्कै बिर्सेयौ । पाखे भइने डरमा तानामा बुनेका कपडा,नेपाली उत्पादन भनेपछी नाक खुम्चाउने बन्यौ ।यस्तो परिदृष्य देखेरपनि ब्यापार घाटा बढ्यो,देश आर्थिक रुपमा असफल हुने भो भन्दै विरोध गर्न जन्मिएकाहरु आफुलाइ विशेषज्ञ घोषित गर्न तछाड्मछाड गरेको देख्दा उद्देक लाग्छ । जुन कुरा लाटोले पनि बुझिरहेको छ ।

विश्वमा धेरै पटक विपत्ति आए र आइरहने छन । कति मानिसले निम्ताएर आउने छन त कति प्राकृतिक रुपमै आउने छन ।अर्थशास्त्री माल्थसको भनाइ अनुसार विपत्ति जनसंख्या नियन्त्रणको माध्यम हो,निरन्तर ठुलो वा सानो रुपमा भैरहन्छ ।सामना गर्न तयार भएर बस ।हिजो प्लेग,हैजा,क्षयरोगले घटेको जनसंख्या आज सार्स,फ्लु हुदै भाइरसद्वारा घटिरहेको छ । चिन्तकहरु भन्दैछन – बिश्व ध्वस्त मानबजातिकै अपत्यारिलो खोजबाट हुनेछ । हिजो बिश्व युद्दले खाएको जनसंख्या भन्दा बढी आज अदृश्य भाइरसले सखाप पार्ने देखिदैछ ।भने भोली कृतिम चेतनाका रोबर्ट जस्ता मानबबाट लखेट्नुपर्ने हुनसक्छ ।असिमित होडबाजिका कारण ।

नेपालको सन्दर्भमा देखिएका अघिल्ला बिपत्ति जस्तै हैजा, भोकमरी,अनिकाल,भुकम्प,बिद्रोह  र सार्स रोगले भएको क्षेती भन्दा बढी कोरोना भाइरस( कोभिड 19 ) बाट हुने होकि भन्ने आशंका उब्जिएको छ ।कामना छ, कम क्षेतिमा परास्त गर्न सकियोस । अहिले बिश्व नै बढी आक्रान्त भैरहेको अबस्थामा स्रोत,साधन सिमित भएको, कुनै किसिमको बिपद न्युनिकरणको संयन्त्र नभएको, नागरिकमा ज्यादै न्युन चेतना भएको, गरिबिले बुट बजारेको, राष्ट्रिय भावना खण्डित भएको नेपाल जस्तो मुलुकमा छिर्यो भने स्थिती त्यसै भयाबह हुने देखिन्छ । अत सरकारले सिमित स्रोतसाधनबाट चालेका कदममा साथ देउ,निर्देशन पालना गरौ, हामी सबै सुरक्षित रहौ । बांचे, सरकारका कमजोरिको बिरोध गरौला,अनियमितता देखिए मुद्दा  दायर गरौला ।तर अहिले आम जनता संबेदनशिल हुनैपर्छ ।

आफ्नो सहि बुद्धिमता  देशको निम्ती खर्चिन कन्जुसाइ नगरौ ।सरकारले सबैको सहयोग लिने बाताबरण बनाउन  ढिला गर्नुहुदैन ।छिटो तरिकाले औषधि र सामान भित्र्याउन पहल गरौ ।हालसम्म सहि उपचार नभएको हुदां आधा पेट खाएर भएपनी क्वारेन्टाइन र लकडाउनमा बस्न तयार हौ ।हुनेले मन फुकाएर नहुनेलाइ सहयोग गरौ ।उपचारमा लाग्न भन्दा रोगकै बाटो रोक्नु उत्तम हुन्छ । कैलाली र कंचनपुरमा देखिएको द्रोस्रो चरणको कोरोनालाइ त्यतिमै सिमित राखौ ।समुदाय र समाजमा सर्न नदेउ ।घरभित्र बस्न तयार  हौ ।

कोरोना माथी बिजय हासिल गरिएछ भने पनि आगामी दिन नेपालको निम्ती कुनै हालतमा सहज छैन ।पानी खाने मुहान सुकेपछी धारामा पानी कसरी आउला ? सहजै बिचार गर्न सकिन्छ ।पुर्ण जनसंख्या नेपालमा फर्किने सम्भावना छ ।तिनिहरुको ब्यबस्थापन चुनौतीपूर्ण हुनेछ ।अहिलेलाइ बिपत्तिले बाजा बजायो भनेर बुझ्नु उपयुक्त हुन्छ ।एक थान मास्क र पांच किलो चामल बाडेर स्थानिय तह मख्ख नपरे हुन्छ ।भोलिको भबिष्यलाइ ख्याल गर्नुपर्छ ।आजै सरकारले घोषणा गरेको जिल्ला,गाउँ भित्र मात्रै आबागमन कायम राखौ ।अत्यावश्यक भएमात्र घरबाहिर अनुमती लिएर निस्कौ ।तपाइ हाम्रो जिबन ,सबैको हातमा छ ।बढी गम्भिर बनौ ।एकजनाको लापरबाहीले ठुलो दुर्घटना हुनसक्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend