logo
  • मंगलबार, असोज १३ २०८३

त्रिभुवन नुमना माविले नतिजा प्रकाशनमा नयाँ प्रविधको प्रयोग गर्दै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिष पाठक,  बाग्लुङ चैत्र २२ ।
बाग्लुङ पश्चिमको बडिगाड गाँउपालिकामा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयले आधुनिक प्रविधिको प्रयोग गरी नतिजा प्रकाशन गर्ने भएको छ । विद्यालयका प्रर्चाय ढालमणि भण्डारीका अनुशार औपचारीक कार्यक्रमको आयोजना गरि यहि चैत्र २५ गते प्रकाशन गर्ने भनिएको नतिजा कोरोना र जारी लकडाउनका कारण चैत्र २३ गते विद्यालयको मुवाइल एप (स्मार्ट स्कुल एपलिकेशन) बाट प्रकाशन गरिने भएको हो ।

विद्यालयले यहि चैत्र २३ गते मध्यान्ह १२ बजे साधारण धार तर्फ र अंग्रेजी माध्ययम तर्फ कक्षा नर्सरी देखि कक्षा ९ सम्म साथै प्रविधिक धार बालिविज्ञान तर्फ कक्षा ९ को नतिजा प्रकाशन गर्ने आज एक विज्ञप्ती जारी गराएर जानकारी समेत गराएको छ ।

देशैभरका सबै विद्यालयले कक्षा ९ सम्मका कक्षाको वार्षिक परिक्षा सकिसेका छन । तर परिक्षा सकिएको धेरै समय भइसकेको भएतापनि विश्वभर फैलिएको कोरोना भइरसका कारण विद्यालयहरुले नतिजा प्रकाशन गर्न सकिरहेका छैन्न । उक्त एप प्ले स्टोर र एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend