logo
  • मंगलबार, असोज १३ २०८३

कर्मचारी संगठन गुल्मीद्धारा स्वास्थ्य सामग्री प्रदान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल, गुल्मी, चैत २२ ।
नेपाल निजामति कर्मचारी संगठन गुल्मीले गुल्मी अस्पताल तम्घासलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन सेनिटाइजर ६० थान, ग्लोब्स १५ प्याकेट र स्प्रे मेसिन एक थान प्रदान गरेको कर्मचारी संगठनका जिल्ला अपाध्यक्ष बोम अर्यालले बताए ।

प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ५ का संयोजक दधिराम मरासिनी, जिल्ला अध्यक्ष रामप्रसाद पन्थी, पुर्व जिल्ला अध्यक्ष भक्तिराम मरासिनी लगायतका पदाधिकरीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend