logo
  • मंगलबार, असोज १३ २०८३

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार प्रभावकारी बनाउन संकट व्यावस्थापन केन्द्र स्थापना


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल, गुल्मी चैत २२ ।
गुल्मीमा संकट व्यावस्थापन केन्द्र स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो । केन्द्रमा जिल्ला समन्वय अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी र सदरमुकाममा रहेका सरकारी अस्पताल प्रमुख लगायत रहेका छन् । गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्णय अनुसार कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कामहरु प्रभावकारी रुपले संचालन गर्न केन्द्र स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

केन्द्रको बैठकले स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लामा रहेका एम्बुलेन्स चालकहरुलाई आवश्यक तालिम दिएर तयारी अवस्थामा राख्ने, सवै स्थानीय तहहरुलाई संकट व्यावस्थापन केन्द्र गठन गर्न अनुरोध गर्ने र पालिका स्तरमा कोरोना सम्बन्धि गरेका काम र सूचनाहरु दैनिक दिउँसो ३ बजेभित्र जिल्ला स्तरिय संकट व्यावस्थापन केन्द्रमा जानकारी गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए ।

बैठकले स्वास्थ्य कार्यालय र अस्पतालले औषधी अपकरण, स्वास्थ्य सामग्रीको आपूर्ति व्यावस्थापन र अनुगमन गर्ने, आवश्यक जनशक्ति व्यावस्थापन, अस्पतालहरुमा मापदण्ड अनुसारको आइसोलेसन र आइसियुको व्यावस्थापन तथा छुट्टै टोली निर्माण गरेर संकास्पद बिरामीहरुलाई अस्पतालसम्म पुराउने व्यावस्थापन गर्ने निर्णय गरेको पाण्डेयले बताए । संकास्पद बिरामीहरुलाई तत्काल अस्पतालसम्म पुराउन गुल्मी अस्पतालका डाक्टर कविराज भुसालको संयोजकत्वमा (पिआरटी) टोली गठन गरिएको छ ।

त्यो टोलीमा बिरभद्र जंग गुल्मका सहसेनानी उमेश खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजकुमार रावल, स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन लक्ष्मण पन्थी, सशस्त्र प्रहरी बल गुल्मका प्रहरी नायव निरिक्षक धुव्र्र भुसाल लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend