logo
  • मंगलबार, असोज १३ २०८३

प्युठान नगरपालिका वडा न . ९ मा राहत सामग्री वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

रमेश गिरि,प्यूठान चैत २२ ।

प्युठान नगरपालिका वडा न . ९ मा आज राहात सामग्री वितरण गरीएकाे छ । काम गरेर गुजारा गर्ने मजदुर तथा अति विपन्न वडावासीहरूलाई नगरप्रमुख अर्जुन कुमार कक्षपतीद्धारा खाद्य सामग्री वितरण गरिएकाे हाे ।प्युठान नगरपालिका वडा न. ९ भित्र रहेका काम गरेर गुजारा चलाउने अति विपन्न ८६ परीवारलाईकाे लागि चाहिने अति अाबश्यक खाद्य सामग्री वितरण गरीएकाे हाे । परिवारकाे संख्याकाे अाधारमा अधिकतम वडा न. ९ मा अधिकत्तम ३४ केजी चामल र १ लिटर तेल ,१ केजी दाल,र १/१ पिस साबुन पनि वितरण गरिएकाे थियाे । प्युठान नगरपालिका वडा न. ९ स्थित काेलछापा,मजुवा,ठुलासिम लगायतका स्थानबाट राहात वितरण गरीएकाे वडा अध्यक्ष नेहरसिंह केसीले जानकारी गराउनु भएकाे छ ।

त्यस्तै गरि वडा न.१० मा पनि अाजै चामल , तेल, दाल लगायतका खाद्य सामग्री वितरण गरीएकाे हाे । राहात सामग्री वितरण गर्दै नगरप्रमुख अर्जुन कुमार कक्षपतीले वडा भित्र रहेका सबै वडावासीहरूलाई समस्या परेकाे छ लक डाउनकाे समयमा समस्या परेकाे स्वीकार गर्दै नगरप्रमुख कक्षपतीले पहिलाे चरणमा काम गर्न नपाउदाँ चुलाे बन्द हुने अवस्थामा रहेका वडाबासीलाई राहात सामग्री वितरण गर्न लागेकाे जानकारी गराउनु भयाे । सबै वडावासीहरू लकडाउनकाे समयमा घरभित्रै वसी सहयाेग गरिदिनु हुन अनुराेध गर्नु भयाे । विश्वका सामु देखा परेकाे महामारीबाट वचन हामी सबैकाे हातेमालाेकाे अाबश्यकता रहेकाे वताउनु भएकाे थियाे । राहात वितरणमा जिल्ला समवन्य समितिका सदस्य रेशमा गिरी तथा कार्यवाहक वडा अध्यक्ष पितम केसीका साथै वडा कार्यालयका कर्मचारी तथा समाजसेवी तथा बुद्धिजीवीहरू पनि सहभागिता थियाे ।उक्त राहात सामग्रीबाट तत्कालीन समयमा वडा न . ९ का ३६५ जनाले लाभ लिने भएका छन भने वडा १० का २५८ जना वडाबासीले लाभ लिने कुराकाे जानकारी कार्यवाहक वडा अध्यक्ष पितम केसीले जानकारी गराउनु भयाे भने वडा न. १० वडा अध्यक्ष पदम गिरी लकडाउनका कारण राजधानीमा रहनु भएकाे छ । राहात सामग्री नपुगेका स्थानमा पनि राहात सामग्री पुराउने याेजना रहेकाे वडा न.९ का वडा सचिव ध्रुव बहादुर जिसीले जाकारी गराउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend