साझा नेटवर्क
रमेश गिरि,प्यूठान चैत २२ ।
प्युठान नगरपालिका वडा न . १० मा काम गरेर गुजारा गर्ने मजदुर तथा अति विपन्न वडावासीहरू अाज नगरप्रमुखद्धारा खाद्य सामग्री वितरण गरिएकाे छ ।
प्युठान नगरपालिका वडा न. १० भित्र रहेका काम गरेर गुजारा चलाउने अति विपन्न ७५ परीवारलाईकाे लागि चाहिने अतिअाबश्यक खाद्य सामग्री वितरण गरीएकाे हाे । परिवारकाे संख्याकाे अाधारमा अधिकतम ३० केजी चामल ,२ पाकेट तेल,२ केजी दाल र १ केजीका दरमा खाद्य सामग्री वितरण गरीएकाे हाे । प्युठान नगरपालिका वडा न. १० काे वडा कार्यलयबाट अाज विहान सामग्री वितरण गरीएकाे थियाे । वडा भित्र रहेका सबै वडावासीहरूलाई समस्या परेकाे छ लक डाउनकाे समयमा समस्या परेकाे स्वीकार गर्दै नगरप्रमुख अर्जुन कुमार कक्षपतीले पहिलाे चरणमा काम गर्न नपाउदाँ चुलाे बन्द हुने अवस्थामा रहेका वडाबासीलाई राहात सामग्री वितरण गर्न लागेकाे जानकारी गराउनु भयाे । सबै वडावासीहरू लकडाउनकाे समयमा घरभित्रै वसी सहयाेग गरिदिनु हुन अनुराेध गर्नु भयाे ।
विश्वका सामु देखा परेकाे महामारीबाट वचन हामी सबैकाे हातेमालाेकाे अाबश्यकता रहेकाे वताउनु भएकाे थियाे । राहात वितरणमा जिल्ला समवन्य समितिका सदस्य रेशमा गिरी तथा कार्यवाहक वडा अध्यक्ष पितम केसीका साथै वडा कार्यालयका कर्मचारी तथा समाजसेवी तथा बुद्धिजीवीहरू पनि सहभागिता थियाे । उक्त राहात सामग्रीकाट तत्कालीन समयमा २५८ जना वडाबासीले लाभ लिने कुराकाे जानकारी कार्यवाहक वडा अध्यक्ष पितम केसीले जानकारी गराउनु भयाे भने वडा अध्यक्ष लकडाउनका कारण राजधानीमा राेकिनु परेकाे छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend