logo
  • मंगलबार, असोज १३ २०८३

नेकपा वाणगंगाका संगठित सदस्य थारुको निधन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सिर्जना आचार्य,कपिलवस्तु चैत २२ ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का संगठित सदस्य गंगाराम थारुको हिजो साँझ करिब ७ बजे आफ्नै निवास वाणगंगा-५ झण्डामा ४९ वर्षको अल्पायुमा निधन भएको छ ।

विगत लामो समयदेखि मुटुको बिरामी रहेका थारु उपचारकै क्रममा रहेका थिए । स्व. गंगारामको पारिवारमा एक श्रीमती एक छोरा र तीन छोरीहरु रहेका छन् । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको उपचारका लागि स्थानीय पार्टीले आर्थिक सहयोग जुटाउदै आएको थियो । वि. स. २०४६ देखि पार्टी अभियानमा आबद्ध रहि २०७२ मा संगठित सदस्यता प्राप्त गर्नु भएका स्व. गंगारामको अन्तिम दाहसंस्कार वाणगंगाको लक्ष्मणघाटमा गरिएको थियो ।

वाणगंगा नगरपालिका सदस्य भरत कार्कीले वहाँको सामाजिक योगदान र जिवनी सहितको श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो भने नेकपा जिल्ला सदस्य कपिलवस्तुका पिताम्बर वि.क. ले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा अोडाएर श्रद्धाञ्जली दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend