साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान चैत्र २२ ।
विश्वमा ( कोभीड १९) कोरोना भाइरसको महामारी फैलिरहेको छ । संक्रमणको रोकथामलाई न्यूनीकरण गर्न नेपाल सरकारले चैत्र ११ गतेदेखि देश भर लकडाउन गरेको छ । कोरोना भाइरसको संक्रमण र लकडाउनले जनजिबनमा पर्न गएको असरले बिपन्न बर्गलाई दैनिक जिबन चलाउन गाह्रो परिरहेको छ । नेपाल सरकार ,प्रदेश सरकार र स्थानीय तहले आ-आफ्नो पहल कदम चालेका छ्न । यसै बीच गौमुखी गाउँपालिका प्युठानले स्थानीय तह बाट राहत उपलब्ध हुने गरि असंगठित क्षेत्रमा कार्यरत श्रर्मिक बर्ग तथा असहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धि मापदण्ड तयार गरेको छ ।
दैनिक मजदुर गर्ने र खाद्य संकटमा परि जिबन यापन गर्न कठिन भएकाहरुको लागि राहत प्याकेज दिन लागेको हो । ज्यालादारी मजदुर पहिचान गरि राहत बितरण गर्ने तयारी गरेको छ । गौमुखी गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार कृषकहरुले अन्य मानिसको खेतबारीमा दैनिक मजदुरी गर्ने,भरियाले सामान ओसारपसार गर्ने,गिट्टी कुत्ने, बालुवा चाल्ने,ईटा भट्टाका मजदुर गर्ने बिपन्न परिवारलाई राहत बितरण गर्ने र राहतमा चामल ,दाल ,चिनी , नुन तेल र साबुन लगाएतका सामाग्री उपलब्ध गराउने गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जानकारी गराउनु भयो । उहाले लकडाउनका कारण दैनिक ज्याला मजदुर गरि हात मुख जोर्ने हरु बढी प्रभावित भएकोले राहतको प्याकेज दिन लागेको बताउनु भयो ।
सो राहत गौमुखी गाउँपालिकाका ७ वटै वडा बाट बितरण हुने र ज्याला मजदुर गर्नेको विवरण आइ सके पछि तिन दिन भित्र बिपन्न बर्गका श्रर्मिकहरुलाई राहत बितरण गरिने गौमुखी गाउँपालिकाका प्रशासकिय अधिकृत राजिव पन्थीले जानकारी दिनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend