logo
  • मंगलबार, असोज १३ २०८३

विपद ब्यबस्थापन केन्द्र गठन,बिरामीको सहज उपचार हुने ।


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सबिन बस्नेत / गुल्मी । गुल्मी जिल्लामा कोरोना भाइरस कोभिड 19 को प्रभाब नियन्त्रण गर्न तथा खाद्यान्नको पुर्ती र बिरामीको सहज उपचार ब्यबस्था मिलाउन प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा संयोजक रहने गरि जिल्ला समन्बय समितिका प्रशासकिय अधिकारि सहित जिल्ला सुरक्षा र स्वास्थ्य कार्यलयका  प्रतिनिधि रहने गरि जिल्ला विपद ब्यबस्थापन केन्द्र गठन भएको छ । गृह मन्त्रालयद्वारा भएको परिपत्र अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारी र पालिकाहरुमा प्रमुख वा अध्यक्ष संयोजक रहने ब्यबस्था  रहेको छ ।

 

यस्तै अन्य बिरामीले समेत उपचार नपाएको गुनासो बढ्दै गएपछी एम्बुलेन्स चालक सहितबिरामीको सहज उपचार लगायतको ब्यबस्थापनको निम्ती जिल्ला विपद ब्यबस्थापन केन्द्रले एक कार्यदल बनाएको छ ।जसको संयोजक जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख भबानी शर्मा छन भने अन्य सदस्यमा तिन वटै सुरक्षाका प्रमुखहरु रहने छन ।

 

यो  विपद ब्यबस्थापन केन्द्रले औषधि र उपकरणको प्रबन्ध,एम्बुलेन्स र चालकको लगत तयारी र संचालन ,अत्याबश्यक खाद्यान्नको सहज आपूर्ति ,मापदण्ड बमोजिमको आइसोलेसन र क्वारेन्टाइनको अनुगमनका साथै कोरोना भाइरस सम्वन्धी सुचना केन्द्रिय विपद ब्यबस्थापन केन्द्रसम्म पुर्याउने जानकारी सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकृत लक्ष्मण पाण्डेयले दिएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend