सबिन बस्नेत /गुल्मी । कोरोना भाइरसको बिश्वब्यापी सन्त्रासपछी नेपाल सरकारले गरेको लक डाउनका कारण बिगत एक हप्ताभन्दा बढी दिनदेखी दिनहुुँ काम गरेर खानुपर्ने श्रमिक,मजदुर मात्रै होइन बिदेशको कमाईमा रमाएका पनि यतिबेला देशैभरी आहात बनिरहेका छन ।गुल्मिमा पनि बिपन्न बर्गहरु प्रभाबित हुदै आइरहेका थिए ।
यस्तो अवस्था देखेर धुर्कोट गाउँपालिकाले जिल्लामा नै पहिल्लो पटक राहत बाड्ने कार्यक्रम शुरु गरेकोमा अहिले रेसुङ्गा नगरपालिकाले पनि राहत बाड्न शुरु गरेको छ । नगरपालिकामा मेयर डिल्लिराज भुसालको अध्यक्षतामा नगर संयन्त्र र चौधै वटा वडामा वडा अध्यक्षको अध्यक्षतामा सर्बदलिय संयन्त्र बनाइ निर्देशिकाको आधारमा राहत बाड्न शुरु गरिएको जानकारी उपमेयर सिता भण्डारीले दिएकी छन ।
त्यस्तै नगर प्रबक्ता तथा वडा नं १० का अध्यक्ष पदम अर्यालले दिएको जानकारी अनुसार आज वडा नं १,३ र १० मा गरि ३०१ घरधुरिलाइ राहत बाडिएको छ भने भोली बांकी वडामा समेत राहत बाडिने भएको छ ।
आज बाडिएको राहतमा वडा नं १० बाट १४० घरधुरी वडा नं ३बाट १०९ र वडा नं १ बाट ५२ घरधुरीलाइ सहभागी गराइएको छ । तिन जनाको परिबारलाइ पांच केजिसम्म चामल,तेल, नुन दिनेगरी बढिमा २० केजिसम्म चामल बितरण गरिएको थियो ।प्रबक्ता अर्यालका अनुसार यो प्रारम्भिक राहत भएकोले नगरपालिकाले कुनै बिपन्न बर्गलाइ भोकै मर्न नदिने समेत दाबी गरे ।
नगरपालिका सबै बिपन्नहरुको चुलो बाल्न लागिपर्ने समेत उल्लेख गर्दै यो लक डाउन जिवन रक्षाको निम्ती भएकोले उल्लंघन नगर्न समेत आग्रह गरे ।
सिमिचौर १० मा बाडिएको राहत सामग्री लिन बासखर्कबाट आएकी ३५ बर्षिय सिता बिक राहत लिएपछी धेरै खुशी देखिन्थिन । परिबारमा श्रीमानको मृत्यु भएपछी दुइ वटा बच्चा अर्काको खेतबारिमा काम गर्दै पाल्दै आएकी उनि बन्दका कारण भोकै बस्ने स्थितिमा थिइन ।उनि भन्दै थिइन – सरकारले आफ्नो पिडा बुझिदिएकोमा धेरै खुशी छु ।त्यस्तै अर्की रातामाटा भन्ने टोलबाट आएकी अन्दाजी ३० बर्षिय पार्बती कुवर पनि लामो सास तान्दै भनिरहेकी थिइन – हामिले गिट्टी कुटेर छ जनाको परिबार पाल्दै आएका थियौ । दिनभरी काम गरेर दुइ छाक खान्नुपर्ने हामिलाइ सार्है गार्हो थियो । घरभित्र बसे भोकले मरिने ।बाहिर गए रोगले मरिने भयौ भन्ने चिन्ता थियो ।उनले आशु झार्दै थपिन – ‘स्थानिय सरकार गरिबको सहारा भएको छ ।हामिलाइ हेर्छ भन्ने बिश्वास थियो ।आज हेर्यो ,धेरै धेरै धन्यबाद छ’ ।
बास्तबमा यस्तै बिपद र समस्यामा परेका आफ्ना नागरिकलाइ सुबिधा दिने हो भन्ने गाउँ गाउँमा सिंहदरबारको नारा सार्थक हुनेछ ।संघियताको मर्म आम नागरिकले बुझ्न पाउने छन ।