logo
  • शनिबार, कार्तिक २२ २०८३

रेसुङ्गा नगरपालिकाद्धारा विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स,गुल्मी चैत्र २१ ।

गुल्मीको रेसुङ्गा नगरपालिका का ३ वटा वडामा खाद्यन्न राहात वितरण सामाग्री गरिएको छ ।विश्वव्यापि रुपमा फौलिएको कोभिड १९ तथा कोरोना भाइरसले भयावक रुप लिएको अवस्थामा नेपाल सरकारले पनि यस रोग बाट जोगिनका लागि लकडाउन गरेको ११ औैँ सम्म ज्याला मजदुरी गरि जिवीको पार्जन गर्ने व्यक्तिहरु लाई विहान बेलुका छाक टार्ने पनि मुस्किल परेको बेला ज्याला मजदुरी गरि खाने व्यक्तिलाई रेसुङ्गा नगरपालिले शुक्रबार वडा नं १,३ र १० मा खाद्ययन्न सामाग्री वितरण गरेको हो । पहिलो चरणमा नेपाल सरकारले ७ दिनको लागि लकडाउनको निर्णय गरेको थियो पछि क्रमश: कोरोना संक्रमित थपिदै गएपछि फेरी ७ दिन थप गरी चैत्र २५ सम्म लकडाउनको घोषणा गरेपछि रेसुङ्गा नगरपालिकाले विपन्न परिवारहरुलाई राहत बाड्ने कार्य सुरु गरेको र कोहि विपन्न परिवार खान नपाएर मर्न नपर्ने नगरप्रमुख डिल्लीराज भुसालले बताउनुभयो ।वडा नं १ मा १८६ जना संख्यामा विपन्न परिवार रहेको र ति परिवार लाई राहत वितरण गर्दै लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर परिवार चलाइरहेकालाई समस्या नहोस भन्ने तरीकाले राहत वितरण गरेको रेसुङ्गा नगरपालिका वडा नं १ का वडाध्यक्ष अखिलेश्वर पाण्डेले बताउनुभयो । यस्तै वडा नं ३ मा १०९ जनाको परिवार रहेको र प्रत्येक परिवारको संख्याको आधारमा राहत वितरण गरेको र फेरी लकडाउनको अवधि थपिएमा पुन राहतको कार्यक्रम अगाडि वढाउने वडाध्यक्ष थम्मन केसीले बताउनुभयो ।

विपन्न वर्गलाई राहत वितरण गर्ने क्रममा वडा नं १० मा १३८ जना परिवार संख्या रहेको उल्लेख गर्देै १ जना व्यक्ति भएको परिवारमा ५ किलो चामल , आधा लिटर तेल , आधा किलो दाल , १ किलो नुन अति विपन्न परिवारको निम्ती खाद्ययन्न वितरण गरेको रेसुङ्गा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का वडा अध्यक्ष पदम अर्यालले बताउनुभयो । आफ्नो दैनिकी ज्याला मजदुरी गर्दै आएका परिवारले यसरि नगरपालिका बाट राहत पाउँदा खुशी लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend