साझा नेटवर्क
सबिन बस्नेत,
हामी नेपाली बुद्दु छौ र त बिर छौ । आज कबि भुपी शेरचनको जानिनजानी हरफ सम्झिए । जुन बर्तमान सन्दर्भमा मिलेजस्तो लाग्दैछ । यतिबेला नेपाल मात्रै होइन बिश्वका धनी,शक्तिशाली र आणविक हतियार सम्पन्न मानिने राष्ट्र पनि कोरोना भाइरसबाट थिलोथिलो हुदै भोलिको अन्धकार स्थितिलाइ झ्यालबाट चियाउने कोशिस गर्दैछन ।
नेपाल भुकम्प, नाकाबन्दिपछी तेस्रो पटक अलि ठुलै संकटमा पर्दैछ ।शायद भोलिको कहालिलाग्दो दिनलाइ छल्न सक्ने हिम्मत एक्लै राख्दैन होला । किनकी यो स्थिती भनेको आफु त महादेब उतानो पर,कस्ले देला भर नै हुनेछ ।अर्थात भोलिको सुनौलो दिन देख्ने कल्पना शायद अहिलेसम्म बिश्वले समेत गरेको छैन ।यो स्थितिमा हामी बीर हुन खोज्नु हाम्रो मुर्खता शिबाय केहि हुने छैन ।
यो जटिल अबस्थालाइ हामी नेपालिले राम्रोसंग बोध नगरेको हो कि गम्भिरतापुर्वक लिन नसकेको हो सोचनिय छ । न नेता,न प्रशासक,न आम जनता कसैमा पनि यो संकटको बेला कुशल नेतृत्व देखाउनुपर्छ,इमान्दार हुनुपर्छ भन्ने छैन ।हिजो भुकम्पको समयमा राम्रो अबसर थियो, देशलाइ एकताबद्ध रुपमा बिकासको सन्दर्भमा अघि लैजाने,स्वंयसेवाको शुरुवात गर्ने तर बिदेशी दातृराष्ट्रको चारोमा रनभुलमा परेर बिभाजित भयौ । जसको कारण अहिलेसम्म भुकम्पले ढ्लेको शिर र भांचिएको मन तंग्रीन सकेको छैन ।
त्यसपछी नाकाबन्दी एउटा कष्टसंगै आत्मनिर्भर हुने गतिलो मौका बनेर आएको थियो ।आम मानिस खोरिया फाडेर फेरि तरकारी र अन्न फलाउछु भनी जुरुक्कै उठ्दै थिए । तर नाकाबन्दी समाप्तिसंगै नेतृत्वको त्यो उर्जा बिलिन भयो ।मन पोल्न छोड्यो ,आम जनताको आश निराशमा परिणत भयो । साच्चै, हरेक बिपद दुखका ज्वाराभाटसंगै बढी अबसर लिएर आएको हुन्छ,केवल हामिले ठिकसंग उपयोग गर्न मात्रै सक्नुपर्छ ।
कोरोना भाइरसले द्दण्ज्ञढ को डिसेम्बरदेखी चीन लगायत अमेरिका,बेलायत र बिश्वलाइ नै बढ्दो रुपमा तर्साइरहेको छ ।कतै बिश्व मानबजातिको अस्तित्व नै संकटमा पर्ने त होइन रु सम्मका प्रश्न पनि गरिन थालेका छन ।अमेरिकाले दुइ लाखसम्म जनता मर्ने अनुमान गर्न थाल्यो भने इटली र स्पेनले एकिन नै गर्न सकेको छैन । धन्न, नेपालले लकडाउन लगायतका उपाय अपनाउदा यसको प्रकोप सोचिए जति गतिमा फैलिन पाएको छैन । फैलियो भने न हामिसंग बिरामी राख्ने क्षमता छ, न उपकरण छ ।त्यसैमाथी यो फिल्डमा संलग्न स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र प्रशासनलाइ मनोबल बढाउने गरि कुनैपनी गतिबिधी आम जनता र नेतृत्वबाट भएकै छैन। यि अग्र मोर्चामा बस्ने बांचे मात्रै हामी सबै बांच्छौ, नभए कोहि पनि बांच्न सम्भब छैन भन्ने सोचेकै छैनौ ।
अहिले सुनिदैछ, ज्वरो आएको बिरामी समेत उपचार नपाएर मरेको छ । हामी कस्तो एलियन मानव बन्न खोजिरहेका छौ रु उदेक लाग्दो छ ।बनको बाघले भन्दा नि मनको बाघले खाएपछी युद्द जितिने स्थिती नै हुदैन ।बुझौ ।
मैले उठाउन खोजेको बिषय कोरोना संकटलाइ सहि उपयोग गर्न नेपालले यसपाली चुक्नु हुदैन भन्ने हो । बढी निराशाका कुरा भन्दा नि आशाका किरण छरौ भन्ने नै हो । यो बिश्व संकटले बिश्व मानबजातिलाइ एकताबद्द बनाइरहेको छ ।
चीन र अमेरिका जस्ता शितयुद्द लड्दै आएका राष्ट्रहरु मिल्नुपर्छ भन्ने निष्कर्षमा आएका छन र अहिलेसम्मको बिकास मोडेल परिबर्तन गर्दै कल्याणकारी मोडेल अर्थात लोकलाइजेसनमा जान्नुपर्ने अबधारणा अघि सार्ने संकेत देखिएको छ ।यसले बिश्व एक परिबार ,भन्ने नारा व्यबहार मै अबलम्वन ढिलो चांडो हुनेछ ।कसैले नचाहेपनी । यस्ता भवितव्य एक्लै लडेर जितिन्न भन्ने कुरा अमेरिकाको अहिलेको लाचार स्थितिले प्रष्ट पारेको छ ।
नेपालमा अहिलेको स्थितीबाट पार पाउन सबै तहले जुन तदारुकता देखाउनुपर्थ्यो ।त्यो देखिएको छैन ।कोरोना संकट ढिलो चांडो बिश्वब्यापी रुपमा महामारी हुनेछ भन्ने बिश्व स्वास्थ्य संगठन (WHO) को रिपोर्टले प्रष्ट पारेको स्थितिमा समय मै अलर्ट भइ निर्णय लिन सकेनौ ।आफ्ना साधन स्रोतको परिचालन गर्न घबराहट गर्यौ । त्यस्तै चाहे जति उपकरण न हिजो खरिद गर्ने सोच बनायौ ।न आज एकैपटक खरिद गर्ने हैसियत राखौ ।यद्यपि न्युतम सुरक्षाका सामाग्रीको ब्यबस्थापनमा गम्भीरता अझैपनी छैन ।बिपत्तिमा सबै उपकरण पैसा भएनी पाउने स्थिती छैन ।
यो समय भनेको सबैले आ आफ्नो फिल्डमा वा कार्यक्षेत्रमा अब्बलता देखाउने अबसर हो । संकटमा बास्तबिक नेतृत्वको परिक्षा हुने गर्छ । उ आफ्नो जिम्मेवारी पुरा गर्छ कि मैदान छोडेर भाग्छ । सबैले स्पष्टरुपमा देख्ने मौका पाउछ । यतिखेर राजनितिक नेतृत्व कमिसनको पछि होइन आफ्नो सर्बश्व गुमाउन तयार हुनुपर्छ । स्वास्थ्यकर्मी सामान्य सुरक्षाका उपाय अपनाएर बिरामिको उपचारमा अनबरत खट्नुपर्छ ।सुरक्षाकर्मी निर्देशनको परिपालनामा जुट्नुपर्छ ।
राष्ट्रसेबक प्रशासक कानुनका दफा र प्वाल होइन ,साच्चै राष्ट्रप्रेमले उठ्नुपर्छ ।आम जनता सकेको गुमाउन र स्वयम सेवामा लामबद्द हुनैपर्छ । यि सबैमा उत्प्रेणा ल्याउन र मनोबल उठाउन राजनीति नेतृत्व अन्तत निश्कलंक,छलकपट बिहिन हुनु जरुरी छ । जोगि बन्न तयार छु भन्ने घोषणा आजबाटै आउन शुरु गर्नुपर्छ ।
अहिले बनाएको उच्च स्तरिय बिपद ब्यबस्थापन समितिलाइ भंग गरि स्वास्थ्य लगायत अन्य क्षेत्रका विशेषज्ञ रहने गरि सर्बदलिय संयन्त्र बनाउनु जरुरी छ । औषधी ब्यबस्थापन,क्षेतिपुर्ति र राहत प्रबन्ध सबै अधिकार यसमै हुनुपर्छ ।९गुल्मी जिल्लाका स्थानिय तहमा यसको झल्को पाइएको छ ।०यस्को नेतृत्व बाबुराम भट्टराई लाइ दिने आंट गरौ । हिजो उनि पुनर्निर्माणको नेतृत्व लिन तयार भएर आएका थिए । यो बेला आग्रह पुर्बाग्रह नेहरौ । गाग्रीको घांटी सानो भयो भने पानी खन्याउदा पोखिन्छ नै ।
आफ्नै दलभित्र छुट्टै चुलो बालिरहेका हनुमानहरुको जालो च्यात्ने आंट बिरामी अवस्थाका प्रधानमन्त्री के पि ओलिले गर्नु जरुरी छ । कमसेकम बाहिरबाट हेर्दा लोभ गर्नुपर्ने र गिद्दे नजर लाउनुपर्ने साथै आफ्ना कुपुत सन्तानको लागी र्याल चुहाउने स्थिती छैन भन्ने आम जनताको बिश्वास छ ।हिजो नाकाबन्दिमा देखाएको हिम्मतको ब्याज उठ्नेगरी बहुमतको सरकार यहि कारणले बनेको हो शायद भुल्नुभएको छैन ।
प्रचण्डको हात समात्ने जोश अहिले फेरि देखाउनु आबश्यक छ ।अनि शेरबहादुरको सहयोग माग्न नहिच्किचाउने अठोट यतिखेर चाहिएको छ ।देशमाथी आउदै गरेको संकट केटाकेटी ब्यबहारले पार लाग्दैन । बिश्वमा आउने आर्थिक मन्दिले धेरै परदेशी नेपाली स्वदेश आउनेछन ।आधी जनसंख्या र उनको कमाइ नआउदा रेमिटेन्समा धानिएको नेपालको अबस्था के होला ध्यान दृष्टि देउ त सबैले ।
तसर्थ यस्ता बिपत्ति झेल्न सबै मिल्नुको बिकल्प छैन ।यतिखेर सबै आग्रह, पुर्बाग्रह नराखी सबै तह र तप्काले सहयोग गर्नु जरुरी छ ।सरकारको मात्रै दायित्व सम्झेर सरापेर मात्रै बस्न खोजियो भने कालले कसैलाइ छोड्ने छैन । म मात्रै ठिक अरु सबै कुहिएको आलु भनेर कसैले पत्याउदैन ।यो बेला सबै पेशाकर्मी ,औधोगिक घरना र ब्यबसायीले आफ्नो इमान्दारिता र धर्मको ख्याल गर्नैपर्छ ।नेपाल आमाको आंशु खसालेर कमाएको धन धौलतले बेचैनी बाहेक केहि दिनेवाला छैन
।महाकबी देवकोटाले त्यसै भनेका होइन्न( साग र सिस्नो खाएको बेश आनन्दी मनले।बास्तबमा कात्रोमा गोजि बनाइ धनसम्पती लान खोज्ने लाक्षिहरु यतिबेला नाङिनेछ्न ।यो अबसर पुर्नजागरणको पनि हो ।नबदलिएको समाज र देश यतिखेर सहि तरिकाले नेतृत्व गरियो भने आमुल परिबर्तनको साक्षी बन्छ ।तोप बारुद भन्दा शक्तिशाली बिचार हो । अत संकटमा बिचारको बिकास हुने गर्छ ।बिचारमा भिन्नता काममा एकरुपता संकटमा नै सिकिने गतिलो पाठ हो ।चेतना भया ।
लेखक मानब बिकास तथा सिमान्तकृत जनताको बिषयमा शोधपत्र तयार गर्नुभएको छ।साथै असल शासन र समसामयिक बिषयमा कलम चलाउदै आउनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend