साझा नेटवर्क

आफ्नो क्षेत्रका जनताहरुले खानाको समस्या भोग्दै आएको खबर सुने पछि युवा नेता श्रेष्ठले स्थानिय जनता मार्फत पिडितहरुको पहिचान गरि विश्व स्वास्थ्य संगठनको आधारभूत नियमहरु पालनागरि सुरक्षित तबर बाट राहत सामग्री वितरण गरेका थिए । लकडाउनको अबस्थामा दैनिक मजदुरी गरेर गुजारा चलाइरहेका परिवारलाइ कठिनाइ परेको हुँदा उनले जनताको घरदैलोमा पुगी राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारले समेत दैनिक ज्याला मजदुरी गर्ने निम्न आय भएका घर परिवार तथा व्यक्तिहरुको पहिचान गरि राहत सामग्री वितरण गर्न राहत प्याकेज घोषणा गरेको अबस्थामा स्थानिय सरकारले चाँडो चाँडो पिडितहरुलाई राहत वितरण गर्न सहजीकरण गरोस भन्ने उदेश्यले स्थानिय सरकारलाई घच-घच्याउन पनि यस राहत वितरण गरेको युवा नेता मदुकुमार श्रेष्ठ बताउँछन ।
उक्त अबसरमा धादिङ क्षेत्र न १ मा पर्ने धुनबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका लगायत अन्य क्षेत्रका जननिर्वाचित स्थानिय प्रमुखहरुलाई भेटि उक्त क्षेत्रका जनताहरुले भोग्नु परेका साँझा समस्याहरु अबगत गराउँदै यथासक्य पिडित परिवारलाइ राहत सामग्री वितरण गर्न नेता श्रेष्ठले ज्ञापन पत्र मार्फत ध्यानाकर्षण समेत गराएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend