logo
  • शनिबार, साउन ९ २०८३

नेपाल सरकारको निर्देशन मान्न बडिगाड गाउँपालिकाको अपिल


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कमल पौडेल,बाग्लुङ चैत १७ ।

बडिगाड गाउँपालिकाले आइतवार अपिल जारी गर्दै कोरोना भाइरस (कोभिड १९) बाट वँच्न नेपाल सरकारको निर्देशन र स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मिको सल्लाह सुझाव मान्न आग्रह गरेको छ । गाउँपालिका बासीको नाममा जारी गरिएको अपिलमा विभिन्न आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न हुन देश विदेश गई घर फर्कदा साथै विभिन्न कामको सिलसिलामा गाउँपालिकामा पाहुनाहरुको आवागमनको कारण गाउँपालिका उच्च जोखिममा परेको जनाइएको छ ।

छिमेकी राष्ट्र भारत सहित तेस्रो मुलुकबाट आएका सवैलाई लकडाउनको अवधिभर घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै देश र देशवासीलाई बचाउनु कर्तव्य भएको बताइएको छ । घरमै वस्न समस्या भएका व्यक्तिहरुको लागि गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्न अनुरोध कोरोनाको भवितव्यमा बडिगाड वासि जनताहरुको उपचार तथा व्यवस्थापनमा साथ दिन बडिगाड गाउँपालिका तयार रहेको भन्दै संघिय, प्रदेश र स्थानिय सरकारले गरेका निर्णय पूर्ण कार्यान्वयन गर्न आग्रह गरेको छ । त्स्तै अपिलमा नोभेल कोरोना भाइरसको बहानामा अति आवश्यकिय वस्तुहरुमा हुने कृतिम अभाव, मूल्य वृद्धि, काला बजारी लगाएत अमानविय कार्यमा संलग्न नहुन गाउँपालिका वासिलाई अनुरोध गर्दै त्यस्तो भेटिय कडा कार्वाहि गर्ने चेतावनी समेत दिइएको छ ।

त्यस्तै विभिन्न बहानामा आर्थिक संकलन गरी राहत वितरणको नाममा दुरुपयोग भैरहेको भन्ने सुचना समेत जानकारीमा आएको भन्दै त्यस्तो कार्यमा संलग्न नहुन व्यक्ति, संस्थालाई आग्रह गर्दै राज्यको एकद्धार प्रणाली अन्तरगत नेपाल सरकारले तोके बमोजिमको बैंकको खाता वा बडिगाड गाउँपालिकाको विपद व्यवस्थापन राहात कोषमा राहात रकम जम्मा गर्न आग्रह समेत गरिएको छ ।

गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा केहि सामाजिक सञ्जाल तथा अनलाइन हरुमा दुरासय युक्त समाचार सम्प्रेसण भएको भन्दै सत्य तथ्य समाचारलाई मात्रै आधार मान्न गाउँपालिकाले अनुरोध गरेको छ ।

फोटोः अपिल-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend