logo
  • शनिबार, कार्तिक २२ २०८३

गौमुखी गाउँपालिकाद्वारा कोरोना नियन्त्रणका लागी जनप्रतिनिधि देखी कटुवाल सम्म परिचालन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

जोगिन्द्र मल्ल,प्युठान चैत्र १७ ।

नोबेल कोरोना भाइरस (कोभीड 19) ले यतिबेला विश्वमा महामारीको रुप लिइरहेको छ । विश्वनै संक्रमणको भुमरिमा छ । कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न स्थानीय तहहरुले आफ्नो सतर्कता तथा पुर्ब तयारी अपनाएका छन ।यसै बीच गौमुखी गाउँपालिकाले क्वारेन्टाइन र हेल्पडेक्स तयार गरिसकेको छ। गौमुखी गाउँपालिका प्युठानले अहिले सम्म गाउँपालिका भित्रीएका करिब ८० जनाको तथ्यांक संकलन गरेको छ । तथ्यांक संकलन गर्न जनप्रतिनिधि ,साबिक वडाका सम्पुर्ण महिला स्वयंसेविकाहरु, स्वास्थ्य कर्मी, कर्मचारि र कटुवाल परिचालन गरिएको छ । उनिहरुले लिएको तथ्यांकलाई मध्येनजर गर्दै भारत र तेस्रो मुलुक बाट घर आएकाहरु सँङ्ग क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्नको लागी घर घर पुगेर भेटघात गर्ने अभियान संचालन गरेको छ ।

गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरिको नेतृत्वमा भएको अभियानमा माक्स बितरण ,जनचेतना प्रचारप्रसार प्रत्येक वडामा माइकिङ ,कोरोना भाइरसको लक्ष्यण ,बच्ने उपाय लगायतको बारेमा जानकारी गराइएको थियो । भने सात वटै वडामा परिचालित गरिएको छ । गौमुखी गाउँपालिकाको लागी अति आबस्यक सामाग्री गन थर्मोमिटर,N 95 मास्क ,चस्मा ,PPE सेट निर्माण ,सेनिटाइजर ,औसधि प्राप्त र एम्बुलेन्स तयारी अबस्थामा रहेको ,तेसै गरि स्वास्थ्य कार्यालय प्युठानले औषधि तथा PPE सेट उपलब्ध गराएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले बताउनु भयो । भने देश बिदेश बाट घर आएकाहरु घर भन्दा बाहिर बस्ने सबै सङ्ग घुलमेल गर्नेलाई घर्मै पुगेर क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेको वडा न ५ का वडा अध्यक्ष हुम बहादुर के सिले जानकारी गराउनु भयो ।

कोरोना भाइरस संक्रमणको रोगथाम गर्न एकीकृत बचत तथा ऋण सहकारी संस्था ठुलाबेशीले बजारमा मास्क बितरण गरेको र ७०० थान मास्क गौमुखी गाउँपालिकालाई हस्तान्तरण गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend