logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा शसस्त्र प्रहरीले उपभोक्तालाई सिमा रेखा तोकेयो


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी,चैत १७ ।

गुल्मीमा शसस्त्र प्रहरी वल गुल्मले अत्याबश्यक उपभोग्य सामाग्री किन बेच गर्ने उपभोक्तालाई सिमा रेखाङकन तोकेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन भन्दै जिल्लामा रहेका शसस्त्र प्रहरी वल (३७) नम्बर गुल्म गुल्मीले उपभोक्तालाई सामाग्री किन्न जाँदा रेखाङकन गरेर सिमा तोकेको हो ।जिल्ला सदरमुकाम तम्घासमा रहेका पसलहरु अगाडी अत्याबश्यक सामाग्री किन्ने उपभोक्तालाई सिमाङकन रेखामा बसेर किन्न को निम्त तयार गरिएको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) बिनोदराज खनालले बताए । अत्याबश्यक सामाग्री किन्न जाँदा भिड भाड नगरि तोकिएको सिमा रेखामा बसेर सामाग्री लिनको निम्ती प्रहरीले पसल अगाडी सिमाङमन रेखा बनाएको हो । नागरिकलाई घर भित्रसुरक्षित तरिकाले बस्न र कोरोना भाइरसबाट जोगिनको निम्ति सचेतना पनि दिँदै पसल अगाडीरेखा तयार गरिएको खनालले बताए ।

भिडभाड र एक आपसमा नजिकै भए कोरोना भाइरस सर्ने भएकाले अत्याबश्यक सामाग्री किन्ने उपभोक्तालाई मुख्य पसल अगाडी सिमा रेखा तयार गरेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन अत्याबश्यक काम बाहेक बाहिर ननिस्कीन प्रहरी नायव उपरिक्षक खनालले आग्रह गरे । सशस्त्र प्रहरी वल गुल्मले जिल्ला सदरमुकाम तम्घासको प्रबेशद्धार देउरालीमा हेल्प डेक्स समेत राखेको छ । जिल्ला सदरमुकाम प्रबेश गर्नेको स्वस्थ्य जाँच गर्नको निम्ति हेल्प डेक्स स्थापना गरिएको डिएसपी खनालले बताए । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप जिल्लामा आफना गतिबिधीहरुलाई बढाएको छ ।

सबै स्थानिय तहमा हेल्प डेक्स स्थापन

बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप गुल्मीका सबै स्थानिय तहमा हेल्प डेक्स स्थापन गरिएको छ । जिल्लाका २ नगर र १० गाउँपालिकाहरुमा कोरोेना भाइरस भित्रिन नदिन हेल्थ डेक्स संचालन आएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए ।

भाइरसको संक्रमण हुन नदिन पुर्वतयारीहरु भइरहेको पराजुलीले बताए । कोरोनाभाइरस बाट बचाउन पुर्व तयारीका लागी विपद् व्यावस्थापन कोषको स्थापना गर्न लागेको जिल्ला समन्य समिति प्रमुख पराजुलीले बताए । तर जिल्लामा बिवद कोषको स्थापना गरिएको छ्रैन् । पालिकाहरुले आफनो बिपद कोष रहेता पनि छुट्टै संयुक्त कोष भने स्थापन भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend