साझा नेटवर्क
सीता बि. क,प्यूठान चैत १६ ।
प्युठान नगरपालिका ९ ले १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । यहाँको बाल बिध्या मा बि मरन्ठानामा मजुवामा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो ।
प्युठान नगरपालिका ९ का वडा अध्यक्ष नेहरसिह के सि, मरन्ठाना स्वास्थ्य इन्चार्ज रन्जना के सि , मरन्ठाना प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक टीका बहादुर कुवर , बाल बिध्या मा .बि का प्राध्यानाध्यापक केशु गिरी, रेडक्रसका प्रतिनिधि तथा स्थानीय राजनैतिक दलका प्रतिनिधि सहितको टोलीले क्वारेन्टाइन निर्माण गरेको हो। क्वारेन्टाइन स्थलमा बेड विस्तारा, खानेपानी, शौचालय र सफा वातावरण भएको उक्त विद्यालयमा क्वारेन्टाइन बनाइएको वडा अध्यक्ष के सिले जानकारी दिए।
उनका अनुसार कामको शिलशिलामा भारत लगायतका खाडी मुलुकबाट फर्किएकालाइ मध्येनजर गर्दै क्वारेन्टाइनको व्यवस्थापन गरिएको हो। क्वारेन्टाइनमा १४ दिन सम्म राखिनेछ। अहिले भारत गएर फर्किनेको लर्को लागेको छ, उनले भने,‘ सबैको स्वास्थ्यलाइ मध्यनजर गर्दै क्वारेन्टाइन बनाइएको छ।’ उनले आफ्नो, परिवार र समाजको सुरक्षाको लागि सबै सचेत हुनु पर्ने बेला आएको बताए। यो समयमा सबैले विशेष ध्यान दिनु पर्छ। परिवारले पनि भारतवाट आएकालाइ सहजै रुपमा क्वारेन्टाइनमा बस्न दवाव दिनुपर्छ।’ उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन हुनुका साथै आवश्यक पुर्वतयारीमा स्थानीय सरकार जुटेको जानकारी दिए।
प्युठान नगरपालिका वडा नम्बर ९ का वडा सचिब ध्रुब जि सि ले यो समय निकै संवेदशिल भएकोले जनताको हितको लागि अघि बढ्नु पर्ने बताए। उनले बाहिरबाट आएकाहरुलाइ क्वारेन्टाइनमा बसेर आफ्नो स्वास्थ्यको सुरक्षा गर्न आग्रह गरेका छ्न। उनले भने,‘ कोराना भाइरसका कारण चौतर्फि खतरा बढेको छ। खतराबाट मुक्ति पाउन सबै सचेत हुन जरुरी छ। स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बस्न सबै भारतबाट आएकाहरुलाई आग्रह गर्ने बताए।
बाल बिध्या मा बि कृषि कलेजका प्रध्यानाध्यापक केशु गिरिले जिल्ला लकडाउन भएकोले घर बाहिर ननिस्कन, मास्कको प्रयोेग गर्न,नियमित रुपमा सफा साबुन पानीले हात धुन र स्वास्थ्यकर्मीको सल्लाह अनुसार अघि बढ्नु पर्ने बताए । क्वारेन्टाइन बनाउने देखासिकी मात्र भएको र मापदण्ड बिपरित निर्माण गरिएका यस्ता क्वारेन्टाइनले थप जोखिम बढाउन सक्ने सन्चारकर्मी बासुदेब गिरिले बताए । त्यसो त यहाँ कुनै कोरोनाका संका लाग्यो भने जिल्लामा जाच गर्ने बिधि पनि छैन। बिरामीको संका लाग्यो भने आवस्यक परिक्षणका लागि काठमाण्डौ पठाउनुको बिकल्प छैन ।”
भारतबाट आएका सबै नागरिक रातदिन गरेर भएपनि घर पुगिसकेका छन्,’ उनले भने ‘उनीहरूलाई क्वारेन्टाइनमा बस्नुपर्ने कुरा थाहा छैन र उनीहरूलाई क्वारेन्टाइनमा बसाउन त्यो खालको व्यवस्थापन पनि छैन।’गिरी भन्छन् ‘-क्वारेन्टाइनमा राखिएका ‘कोरोना वा अन्य बिरामीको चाप बढ्यो भन्ने उनिहरुलाई रेखदेख र उपचार गर्ने जनशक्ती ,खानपानको ब्यस्था लागातका अत्यावश्यक कुरा प्रती ध्यान छैन।” मरन्ठाना प्रहरी चौकी सहायक प्रहरी निरीक्षक टीका बहादुर कुवरले क्वारेन्टाइनमा बसेर आफ्नो स्वास्थ्यको सुरक्षा गर्नु पर्नेमा जोड दिन्छन्।
उनका अनुसार उच्च ज्वरो, खोकी लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न आग्रह गरिएको छ । वडाको तथ्यांक अनुसार प्यूठान नगरपालिका ९ बाट २४ र १० बाट १५ जना व्यक्ति गरि ३९ भारत र अन्य मुलुकबाट मरन्ठाना भित्रिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend