logo
  • शनिबार, कार्तिक २२ २०८३

प्यूठानका सबै स्थानीय तहमा हेल्थडेक्स तथा क्वारेन्टाइन कक्ष स्थापना


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

जोगिन्द्र मल्ल,प्यूठान चैत्र १४ ।

 विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको बेला नेपाल सरकारले संक्रमणलाई रोकथाम गर्न लकडाउन गरेको छ । यसै बिच प्युठानका ९ वटै स्थानीय तहहरु हेल्थडेक्स संचालन तथा क्वारेन्टाइन निर्माणमा जुटिरहेका छ्न ।शंकास्पद बिरामीहरुलाई स्थानीय स्तरमा राखी उपचार गर्न सबै स्थानीय तहले क्वारेन्टाइन कक्ष स्थापना गरेका हुन । जस अन्तर्गत प्युठान नगरपालिकाले-२२ ,स्वर्गद्वारी नगरपालिकाले- १६ ,सरुमारानी गाउँपालिकाले-१२,झिम्रुक गाउँपालिकाले- ११ गौमुखी गाउँपालिकाले- ५ नौबहिनी गाउँपालिकाले- ५ मल्लरानी गाउँपालिकाले- १० ऐरावती गाउँपालिकाले- १० र माण्डवि गाउँपालिकाले-१० गरि प्युठानमा १०० भन्दा बढी क्वारेन्टाइन निर्माण गरिएका छन ।

देश बिदेश बाट प्युठानमा हजारौं मानिसहरु भित्रीसकेका छ्न । भने गौमुखी गाउँपालिकामा करिब ४० जना भन्दा बढी भित्रिएको तथ्यांक रहे पनि भित्रिसकेका लाई होम ,सेभ क्वारेन्टाइनमा बस्न र अति आबस्यक काम बाहेक बाहिर ननिस्कन गाउँपालिका,स्वास्थ्य संस्था ,नेपाल प्रहरी ,रेडक्रसले प्रचारप्रसार गरेको संक्रमण भएको बिरामीलाई राख्न नारिकोटको पुर्ण प्रा.बि सालीबिसौनामा ५ शैयाको क्वारेन्टाइन र हेल्थडेक्स तयार गरेको र आबस्यक परेको खण्डमा थप क्वारेन्टाइन राख्ने गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जानकारी गराउनु भयो । त्यसैगरि कोरोना भाइरस फैलिन नदिन देश भर लकडाउन भएको सन्दर्भमा गौमुखी गाउँपालिकाले अर्को सूचना नहुदा सम्म अति आबस्यक काम बाहेक कार्यालय बाट सेवा प्रदान नगर्ने गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend