logo
  • शनिबार, कार्तिक २२ २०८३

इस्मामा क्वारेन्टाइन बनाउने भन्दै पैसा उठाउने पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,गुल्मी चैत १३।

मान्छेलाई राष्ट्रिय बिपद्को मतलव छैन् । यो समयमा पनि चोरी, कालो बजारी र अबैध धन्दा गर्ने गरेका छन् । कोरोनाको त्रासको मौका छापेर क्वारेन्टाइन बनाउने भन्दै गाउँमा पैसा उठाउने एक व्यक्तिलाई इस्मा प्रहरीले पक्राउ गरेको छ ।

मालिका गाउँपालिका २ का २४ बर्षीय शसिराम घर्तिलाई बिहिबार दिउँसो पक्राउ गरिएको इस्मा प्रहरीचौकी इन्चार्ज प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीले बताए । इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको रोदी र चाँपटारीका केहि घरमा रकम उठाउँदै गरेको अवस्थामा पक्राउ गरेको अधिकारीले बताए । घर्तिले इस्मामा मात्रै पैसा उठाए वा अयन्त्र पनि अबैध बाम गरे भन्ने बिषयमा अनुसन्धान भइररहेका इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । उनले मालिका गाउँपालिका प्रमुख रित बहादुर थापासंग पनि सम्पर्क भएकाले घर्तिले अन्य स्थानमा बदमासी गरेको नभए इस्मा गाउँपालिकाको नियम मदिरा सेवन बापतको जरिवाना असुल गरेर छोडिने बताइन् ।

उनले देश संकटमा परेको बेला मौका छोप्नेहरुबाट सचेत बन्नुपर्ने चेतना भएको बताइन् । केहि दिन अघि धुर्कोट गाउँपालिकाका विभिन्न स्थानमा दुई दर्जन पसलहरुमा चोरी भने । वडा कार्यालयसंगै रेडियोको ताला समेत फोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend