साझा नेटवर्क
अनिल खत्री, गुल्मी चेत्र १२।
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा निषेधाज्ञा (कफ्र्यू) आदेश अबज्ञा गरेको भन्दै ३ जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्लामा मंगलवारबाट जारी गरिएको निषेधाज्ञा (कफ्र्यू) आदेश अबज्ञा गर्ने ३ जनालाई बुधवार दिउँसो तम्घास बजारबाट पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए।
कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलवार बिहान एक निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचना जारी गरेको हो। तम्घास बजार सवारी चलाउने र पसल खोल्नेलाई नियन्त्रणमा लिइएको पाण्डेले बताए ।
निषेधाज्ञा (कफ्र्यू) आदेशमा सम्झाई बुझाई गर्दा समेत अटेर गरेपछि नियन्त्रणमा लिएको थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागूहुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। निषेधाज्ञा (कफ्र्यू) मा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी,औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ।
निषेधाज्ञा अबधीमा नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ। निषेधाज्ञा (कफ्र्यू) लाई बेवास्ता गरि अनाबश्यक रुपमा हिड डुल गर्ने सवारी चलाउने गरेको फेला पारे कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए। नागरिकको स्वस्थ्यको निम्ति गरिएकाले निषेधाज्ञा (कफ्र्यू) आदेशलाई सबैले पालना गर्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरे।
अस्पताल,औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend