logo
  • शनिबार, कार्तिक २२ २०८३

ढुक्क हुनुहोस् “खान नपाएर मर्नु पर्दैन” : मेयर डिल्लीराज भुसाल


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स, गुल्मी चैत्र १२।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले कोही पनि बिपन्न परिवार खानाको अभावले मर्नु नपर्ने बताउनु भयो।
कोरोना भाइरस नियन्त्रणका लागी नेपाल सरकारले देशभर लकडाउन अर्थात निषेधाज्ञा लागु गरेको छ। गुल्मीमा पनि सोहि कारण बिभिन्न कलकारखानाहरु बन्द गरी सबै मानिसहरु अहिले बाहिर ननिस्कि आफ्नो घरमा बसिरहेका छन् तर यि मध्ये कोही यस्ता मानिस पनि छन् जो बिहान बेलुका मजदुरी नगरी घरको चुलो बल्दैन।

अहिले यस्तो अवस्थामा सरकारको निर्णय अनुसार ७ दिन सम्म घर बाट बहिर ननिस्कन र भिडभाडमा नजान आदेश दिएको छ। यसले गर्दा ती बिपन्न परिवारलाई मध्यनजर गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले भन्नुभयो “यदि म खान पाइन र रासन पानी जुटाउन सकिन भन्ने खबर आयो भने हामी त्यसको आवश्यकता पुरा गर्छौँ खाने ब्यावस्था मिलाउँछौँ रकम नभएका कारण मर्नु पर्दैन ढुक्क हुनुहोस”।

यस्तै नगरपालिकामा खद्यन्न सामाग्रीमा कुनै कालोबजारी भएमा त्यस्ता ब्यापारीहरुलाई कानुनि कारबाहिबाट कुनै हालतमा बच्न नसक्ने मेयर भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend