साझा नेटवर्क
अजय जेम्स,गुल्मी चैत्र १२ ।
गुल्मी स्याङ्जाबाट प्युठान जानको लागि हिडेको समुहलाई बुधबार देउरालिमा स्वास्थ्य परीक्षण गरी पठाइएको छ । मंगलबार बेलुकी देखि प्युठान जानकोलागि स्याङ्जा बाट रातभर पैदल यात्रा गरेर आएका १२ जनाको समुहलाई गुल्मीको रेसुङ्गा नगरपालिका ९ देउरालिमा स्वास्थ्य परिक्षण गराई पैदलयात्रामार्फत नै घरतर्फ पठाईएको हो ।
अहिले नेपाल सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि देशभर लकडाउनको घोषणा गरेपछि देश भरका सम्पुर्ण कलकारखाना,संघ संस्थाहरु लगाएत बिभिन्न किसिमका निर्माण सम्बन्धी कामहरु बन्द भएका छन् । स्याङ्जामा सडक निर्माणमा लेवरको काम गर्दै आएको यो टोली काम रोकिएपछि प्युठान हिडेका हुन् । सम्पुर्ण सवारी साधनहरु बन्द भएपछि निषेधाज्ञाको बेवास्ता गर्दै धेरैसमय बन्द हुनेहोकी भन्ने डरले पैदलयात्रा मार्फत प्युठान हिडेको पैदलयात्रीहरु बताउछन् । देउराली स्थीत हेल्थडेक्समा स्वास्थ्य परीक्षण गराउँदा सबैको ज्वरो समान्य रहेको स्वास्थ्यकर्मी मञ्जु घर्तिमगरले बताउनुभयो ।
यस्तै देउरालीमा रहेका चेकपोष्टमा सोहि समुहलाई चेक जाँच गरी सुरक्षीत रुपले जान आग्रह गरेको देउरालि पोष्ट इन्चार्ज प्रहरी हवल्दार सुवास कुमार नेपालीले जानाकारी दिनुभयो । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि देशभर निषेधाज्ञाको घोषणा गरेको छ तर यस्तो बेलामा पनि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम रोकीएको छैन् । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु महत्वपुर्ण उपाए हो । त्यसैले सरकारको यो नियम तपाई हाम्रै लागी हो जाहाँ छौँ त्यहि बसौैँ सुरक्षीत रहौ त्रसित नबनौँ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend