logo
  • शुक्रबार, असोज ९ २०८३

कोरोना भाइरस विरुद्ध किन लक डाउनमा बस्ने ?


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सबिन बस्नेत, गुल्मी ।
सन २०१९ को अन्त्य डिसेम्बर महिनामा नेपालको अत्यन्त नजिकको छिमेकी राष्ट्र चीनको वुहानमा उद्गम रहेको मानिने यो कोभिड१९ भाइरसलाइ धेरै राष्ट्रले चीनको मात्रै समस्याको रुपमा लिएर रोकथामको तयारी नगरेको देखियो । जसको फलस्वरूप रासायनिक ग्यांस चुहिएर यो बिपद आएको भन्नेसम्मका हल्ला पनि ब्यापक रुपमा भयो । तर बिस्तारै चीन यसबाट तङ्ग्रीदै गर्दा दक्षिण कोरिया, कोरिया प्रायद्दिप हुदै युरोप, अरबबाट अमेरिकाबाट अहिले दक्षिण एशिया गरि एक सय चौरानब्बे भन्दा बढी राष्ट्रहरु आक्रान्त भइसकेको खबर छ ।

केहि दिन अघिसम्म ग्रीन संकेतमा रहेका एक दर्जन मुलुकहरु मध्येको नेपालमा पनि एकजना कोभिड भाइरसबाट बिरामी भएको पुष्टि सरकारी निकायले भर्खरै गरेको छ ।यससंगै हिजो मज्जाक र हल्का रुपमा लिएको यो कोरोनाप्रती जनमानस र सरकार उत्तिकै संबेदनसिल बन्दै सम्भब भएसम्मका सुरक्षाका उपाय अपनाउन शुरु गरेका छन ।

नेपाल सरकारले ठांउ, ठाउँमा क्वारेन्टाइनको स्थापना,हेल्थ डेस्कको ब्यबस्था, सिमानाका बन्द गर्दै आज चैत्र १० गते राती बाह्र बजेदेखी लागु हुनेगरी लक डाउनको घोषणा गरेको छ ।जुन प्रशंसनिय कार्य हो ।यससंगै अत्याबश्यक सेवा बाहेकका सबै सेवा बन्द भएका छन भने नागरिकहरुलाइ घर,पसल बन्द गरि घरभित्र रहदै निकै कम मात्रमा बाहिर निस्कन आग्रह गरिएको छ ।यो लक डाउनको स्थिती कर्फ्यु जस्तै भएपनी नागरिक कर्फ्यु हो ।यसमा नागरिकहरु जबर्जस्ति भन्दा नि संयम सचेत र संयम हुदै घरभित्र रहनुपर्ने हुन्छ ।

लक डाउनमा बस्नुपर्ने कारण

  • यो एउटा महामारी भएकोले धेरै छिटो फैलिने र संक्रमित गराउने गर्छ ।
  • यो रोगको सहि उपचार नभएको कारण संक्रमित भएमा ज्यानै जाने जोखिम रहन्छ ।
  • ठुलो संख्यामा बिरामी भएमा उपचारको निम्ती चाहिने आबश्यक प्रबन्ध गर्न मुस्किल छ ।
  • सामाजिक भेटघाट ,भिडभाडलाइ कम गरि संसर्ग हुनसक्ने सम्भावना न्युन गर्न ।
  • आपतकालीन स्थितिमा स्रोत,साधनको ब्यबस्थापन गर्दै नागरिक सुरक्षा र स्वास्थ्यलाइ बढी प्रार्थमिकता दिन ।
  • आफु पनि बचौ र अरुलाइ पनि बचाउ । एउटाको गल्तिले हजारौको ज्यान जोखिमा पर्ने खतरा न्युन गर्न ।
  • लक डाउनमा रहदा के गर्ने ।

यो लक डाउनको स्थितिमा घरभित्र रहदा केहि अप्ठ्यारो हुनसक्छ ।समय कसरी ब्यथित गर्ने भन्ने लागेको हुनसक्छ ? हप्तौ लामो हुन सक्ने यो लक डाउनमा रहदा निम्न कार्य गर्न सकिन्छ ।

  • सामाजिक संजाल र फोनमा आफन्त जन र साथिसंग कुराकानी गर्ने।
  • रमाइला र ज्ञानबर्द्दक किताबहरु अध्ययन गरेर बस्ने
  • नयांनयां परिकार बनाइ खाने र सिनेमा ,टिभी हेर्ने ।
  • बालबच्चालाइ कार्टुन र चित्रकला बनाउन सिकाउने,कथा,कबिता र चुट्किला सुनाएर मनोरन्जन दिलाउने ।
  • करेशाबारी र फुलबारिमा गोडमेल गर्ने साथै आन्तरिक गेम लुडो,चेस खेल्ने ।बुन्ने र सिलाइसम्बन्धी काम गर्ने ।
  • घर र ब्यक्तिगत सरसफाइमा आफुलाइ ब्यस्त गराइ राख्ने ।
  • घरपरिवार बाहिरका मानिसहरुको अबस्थाबारे बेला बेलामा जानकारी राखिराख्ने ।
  • यो पारिबारिक आइसोलेशन भएको कारण ब्यक्तिगत आइसोलेशनको अनुभब नहुने गरि सामुहिक काम तय गर्ने ।
  • ज्यान रहे धनसम्पती काम लाग्ने हुँदा पारिबारिक मिलन गर्दै चिन्ता , निराशा कम गर्ने ।

अहिले स्वास्थ्य र चेतना स्तर अब्बल रहेका मुलुक अमेरिका,बेलायत,इटाली ,फ्रान्स पनि कोरोना महामारीका कारण तहसनहस भएका छन । बिपत्ति बाजा भएर आउदैन “भने झै बर्षको अन्त्यमा देखापरेको कोरोना भाइरसले जनजीवन मात्रै होइन आर्थिक स्थिति नै डामाडोल पार्ने निश्चित छ ।त्यसपछी यसले बिश्व अर्थतन्त्र र सामान्य नागरिकको जिबनमा पार्ने दुश्प्रभाबको आकलन झनै कठिन हुनेछ ।

अत सबै नागरिकले क्वारेन्टाइनमा बस्दै नियमित सरसफाइमा ध्यान दिदै सानो घेरा बनाइ यसको सर्ने प्रक्रियालाइ कम गर्नु नै अहिलेको अचुक उपाय हो । विश्वले यहि बिधी अबलम्बन गरिरहेको छ । भारतको जनता कर्फ्यु, अमेरिकाको सेल्फ आइसोलेसन र लक डाउन यसैका उदाहरण हुन ।

नेपाल सरकारले जारी गरेको यो लक डाउनलाइ सबैले पालना गरौ । निर्देशन पालना गरौ ।क्वारेन्टाइनलाइ झन्झटिलो रुपमा नलिउ । आफ्नो कारणले अरुलाइ पिडामा नपार्न सचेत भै लागौ ।बास्तबमा एक एक नागरिकको प्रयत्नबाट नै यो बिपत्ति बाट छिटो उन्मुक्ति पाउन सकिने कुरा निसन्देह छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend