logo
  • शनिबार, कार्तिक २२ २०८३

महेन्द्र नमुना मा.वि.मा १६ सैयाको आइसुलेन कक्ष स्थापना


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स,गुल्मी चैत ११।

गुल्मीको रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा आइसुलेन कक्ष स्थापना गरेको छ ।विश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी पुर्व तयारीको रुपमा मंगलबार आइसुलेन कक्षको स्थापना गरीएको तम्घास अस्पतालका मेडिकल सुपरिटेन्डन डा.उत्तम पच्याले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरी उक्त विद्यालयमा १६ सैयाको आइसुलेन कक्ष स्थापना गरेको पच्या बताउनुभयो । कोरोना संक्रमित बिरामीलाई अस्पतालमा आइसुलेन कक्ष छुट्याएर सम्भव नहुने र त्यस्ता बिरामीलाई छुट्टै उपचार गर्नुपर्ने भएकोले र अस्पतालको नजिक रहेको विद्यालय महेन्द्र नमुना मा.विलाई छनोटमा राखेर आइसुलेन कक्ष स्थापना गरेको डा.पच्याले बताउनु भयो ।

यस्तै जिल्ला समन्वयन समितिका प्रमुख लक्ष्मण पराजुलिले गुल्मीमा कोरोनाभाइरस भित्रीन नदिन बिभिन्न ठाउमा र प्रत्यक गाउँपालिकामा हेल्थ डेक्स संचालन भइरहेको जानाकारी दिनुभयो । यदि केहि गरी भित्रीहालेमा त्यसको लागी सम्पुर्ण पुर्वतयारीहरु भइरहेको बताउनुभयो । त्यस्तै धुर्कोट, मुसिकोट,रुरुक्षेत्र लगाएका नगरपालिका,गाउँपालिकामा पनि केहि बेडहरुको ब्यावस्था गरीएको छ । भारतबाट आएका नेपालीहरुमा विशेष ध्यान दिएको पराजुलिले बताउनुभयो ।आइसुलेन कक्ष स्थापनाको लागी रेसुङ्गा नगरपालिको तर्फ बाट १० लाख जिल्ला समन्वयन समितिको पहलमा गुल्मी अस्पतालबाट ५ लाख रुपैया संकलन गरी आइसुलेन कक्षको लागि आवश्यक पर्ने सामाग्री खरीद गर्न १० लाख रुपैयाँ काठमाण्डौ पठाइएको बताउनुभयो र कोरोनाभाइरस बाट बचाउन पुर्वतयारीका लागी विपद् ब्यावस्थापन कोषको स्थापना गर्न लागेको र सम्पुर्ण संघ सस्था स्थानिय तह नगारपालिका,गाउँपालिकाहरु तथा अन्य दाताहरुलाई उक्त कोषमा रकम जम्मा गरी कोरोना रोकथामको पुर्वतयारीको लागी सहयोग गरीदिन प्रमुख लक्ष्मण पराजुलिले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend