logo
  • शनिबार, कार्तिक २२ २०८३

पत्रकारलाई मास्क बितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सीता बि क,प्युठान चैत १० ।

हाम्रो राम्रो ग्रुपले विश्वव्यापी माहामारीको रुपमा रहेको कोरोना भाईरसबाट बच्नका लागी पत्रकारलाई मास्क बितरण गरिएको छ ।पहिलो जीवन त्यसपछि रिर्पाेटिङ भन्दै प्युठानका पत्रकारहरूलाई मास्क वितरण गरिएको हो । हाम्रो राम्रो ग्रुपका अध्यक्ष शन्देस आचार्यले सबै भन्दा धेरै पत्रकारहरू जोखिममा रहेकाले मास्क वितरण गरिएको बताए । ‘रिपोर्टिङको लागि पत्रकार भिडभाडमा जानु पर्छ त्यसैले मास्क लगाउन आवश्यक छ’ उनले भने, ‘पत्रकारले मास्क लगाउन थालेमा सर्वसाधारण नागरिकहरूले पनि मास्क लगाउने छन् ।’

विश्वभरि कोरोना भाइरस फैलिरहेको अवस्थामा यो रोग स्वासप्रश्वास बाटपनि सर्ने भएकाले हामीले पत्रकार लाई मात्र होईन सर्बसाधारणलाई समेत मास्क बितरण गरिएको छ उनले भने । समाचार संकलनका क्रममा भिडभाडमा जानुपर्ने भएकाले सुरक्षाको लागि मास्क लगाउनु पर्ने नेपाल पत्रकार महासङ्घ प्युठानका उपाध्यक्ष एल बि थापाले बताए ।

सबै पत्रकारले अनिवार्य मास्क लगाउन र हात नमिलाउन समेत उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend