logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मिमा मास्क बितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सबिन बस्नेत,गुल्मी चैत ९ ।

गुल्मिमा रहेका बिमा सम्बन्धी काम गर्ने बिमा कम्मनिको छाता संगठन गुल्मी बिमा कमिटीद्वारा तम्घास बजारमा कोरोना भाइरस ( कोभिड19) सम्बन्धी जनचेतनामूलक कार्यक्रम सहित मास्क बितरण गरिएको छ ।उक्त कमिटिका अध्यक्ष दिपक पोख्रेलले दिएको जानकारी अनुसार पैत्तिस सय मास्क बितरण गरिने कार्यक्रम रहेको छ ।अर्का सहभागी सदस्य सन्तोष कुवंर क्षेत्रीले कोरोना भाइरसबाट मानिसहरु भयभित भएको देखेर आफै रकम जम्मा गरि मास्क र सेनेटरी औषधि किनि कार्यक्रम गरेको बताए । उनले बताए अनुसार यो कार्यक्रममा सुरक्षा निकाय, जेलका कैदी र यातायातमा काम गर्ने मानिसहरुलाइ प्रार्थमिकता दिएको छ ।

आफुहरुको यो अभियानपछी स्व निगरानिमा घरमा रहने र प्रारम्भिक लक्षण देखिन साथ स्वास्थ्यकर्मिसंग सम्पर्कमा रहि उपचार गरेमा निको हुने कुरा आम मानिसले बुझेको बताए । यो संस्थामा गुल्मिमा कार्य क्षेत्र रहेका उन्नाइस वटा बिमा कम्पन्नी आबद्द रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend